काठमाडौँ । मधेस प्रदेश सरकारले प्रदेश निजामती सेवाअन्तर्गत सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम गरेको छ।
प्रदेशको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सहायक तेस्रो तहका कर्मचारीको सुरु तलब मासिक ३० हजार ३७३ रुपैयाँ निर्धारण गरिएको छ। सात ग्रेड पूरा गरेपछि उनीहरूको अधिकतम कुल तलब ३७ हजार ४५७ रुपैयाँ पुग्नेछ।
नयाँ तलबमान २०८३ साउन १ गतेदेखि लागू हुने गरी कायम गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रिपरिषद्को निर्णय अनुसार कार्यान्वयन
मधेस प्रदेश मन्त्रिपरिषद्को २०८३ भदौ २६ गते बसेको बैठकले प्रदेश निजामती सेवाका सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान स्वीकृत गरेको थियो।
मन्त्रालयले मन्त्रिपरिषद्को सोही निर्णयअनुसार नयाँ तलबमान कायम गरी प्रदेशका सबै मन्त्रालय, आयोग, सचिवालय, प्रतिष्ठान तथा कार्यालयलाई जानकारी गराएको छ।
मधेस प्रदेश सरकारको कार्यसम्पादन नियमावली, २०८० को नियम २३९१० बमोजिम निर्णय कार्यान्वयनमा ल्याइएको अर्थ मन्त्रालयले जनाएको छ।






