५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिंहदरबारको क्यान्टिन महँगो भयो, सिंहदरबारलाई शाकाहारी बनाउँ’ : सांसद सुनार

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले सिंहदरबारभित्र सञ्चालित क्यान्टिनहरूको महँगी र अव्यवस्थित संरचनाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । 

सोमवार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्यून तलबमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मीका लागि सिंहदरबारभित्रको खाना महँगो भएको भन्दै यसलाई सस्तो र मर्यादित बनाउन माग गरेका हुन् । 

सांसद सुनारले सिंहदरबारभित्र जताततै खुलेका क्यान्टिन र त्यहाँबाट निस्कने गन्ध तथा फोहोर व्यवस्थापनबारे प्रश्न उठाए । उनले सिंहदरबारलाई व्यवस्थित र सफा बनाउन ‘भेजिटेरियन’ (शाकाहारी) क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताए । 

उनले भने, ‘सिंहदरबारभित्र फाइभ स्टार होटलको शैलीमा क्यान्टिन चलाउनु हुँदैन । यहाँका तल्लो तहका कर्मचारी र मर्यादापालकहरूका लागि ३०-३५ हजारको तलबमा दिनभरको चिया-खाजा खर्च धान्न कठिन छ ।’ 

राजदूत नियुक्तिको विषयमा उठेका प्रश्नहरूमा टिप्पणी गर्दै उनले मापदण्ड पालनामा जोड दिए । 

उनले भने, ‘विज्ञता र अनुभवको आधारमा नियुक्ति हुनुपर्छ, तर सरकारले बनाएको कार्यविधि मिच्न पाइँदैन । व्यक्ति कुन पृष्ठभूमिबाट आएको भन्दा पनि उसले जिम्मेवारी बहन गर्न सक्छ कि सक्दैन भन्ने महत्वपूर्ण हो ।’

प्रहरीभित्रको भ्रष्टाचार र विशेष गरी म्यादी प्रहरीको जुत्ता खरिदमा भएको अनियमितताका बारेमा सोधिएको प्रश्नमा सांसद सुनारले गम्भीर अनुसन्धान भइरहेको बताए । उनले १ लाख ३० हजारभन्दा बढी म्यादी प्रहरीको जुत्ता खरिदमा बद्मासी भएको प्रमाण संकलन भइरहेको दाबी गरेका छन् ।

0 Comments