५ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि ‘रिकभरी प्लान’ बनाइने

बाढी प्रभावित पर्यटन क्षेत्रको पुन:स्थापना, भविष्यका विपद्मा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्य सुनिश्चित गर्न पर्यटन मन्त्रालयले ‘रिकभरी प्लान’को मस्यौदा तयार गर्ने जिम्मेवारी समितिलाई दिएको छ।

अ+ अ-

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थान तथा पुन:स्थापनाका लागि कार्ययोजना तयार गरिने भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा पर्यटन मन्त्री खड्गराज पौडेल ‘गणेश’ले सम्बन्धित समितिलाई ‘रिकभरी प्लान’को मस्यौदा तयार गर्ने थप जिम्मेवारी दिएका हुन्।

उक्त योजनामा बाढीबाट प्रभावित पर्यटन क्षेत्रको पुन:स्थापना, आगामी विपद्का समयमा निकायगत समन्वय, शीघ्र प्रतिकार्य तथा पुनरुत्थान प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउने विषय समेटिने मन्त्रालयले जनाएको छ।

द्रुत प्रतिकार्य टोलीद्वारा प्रतिवेदन प्रस्तुत
कार्यक्रममा द्रुत प्रतिकार्य टोली (क्विक रेस्पोन्स टिम)का संयोजक तथा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले भोटेकोशी बाढीबाट पर्यटन क्षेत्रमा परेको प्रभावसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमाथिको छलफलमा प्रभावित पर्यटन क्षेत्रलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक तत्कालीन तथा पुन:स्थापनासम्बन्धी कार्य अघि बढाउने विषयमा जोड दिइएको थियो।

प्रतिवेदनमा समेटिएको क्षति, प्रभावित पर्यटकीय गन्तव्य तथा पुनरुत्थानका लागि आवश्यक स्रोतको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

समन्वय र शीघ्र प्रतिकार्यमा जोड
बाढीजस्ता विपद्पछि पर्यटन क्षेत्रको पुनरुत्थानमा देखिने संस्थागत तथा प्रक्रियागत कमजोरी सम्बोधन गर्न स्पष्ट योजना आवश्यक रहेको छलफलको निष्कर्ष छ।

तयार गरिने मस्यौदाले भविष्यका विपद्मा मन्त्रालय, पर्यटन बोर्ड, निजी क्षेत्र र सम्बन्धित निकायबीच समन्वयको आधार तय गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिवहरू, महाशाखा तथा शाखा प्रमुख, नेपाल पर्यटन बोर्डका पदाधिकारी र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

0 Comments