६ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटाको विद्यालयलाई सुनिल शर्माको पाँच करोड सहयोग, विपन्न विद्यार्थीलाई केएमसीमा छात्रवृत्ति

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका सभापति डा. सुनिलकुमार शर्माले धनकुटाको पाख्रीबास नगरपालिका-१०, चुङमाङस्थित श्री भारती माध्यमिक विद्यालयको शैक्षिक विकासका लागि पाँच करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन् ।

विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा आर्थिक रूपमा विपन्न र जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि उक्त सहयोग उपलब्ध गराउने सम्झौता भएको हो । सम्झौतासँगै विद्यालयको नाम परिवर्तन गरी ‘श्री भारती गणपति गुनलाल न्यौपाने माध्यमिक विद्यालय’ कायम गर्ने प्रक्रिया पनि अघि बढाइएको छ ।

शर्माले आफ्ना जिजुबुबा गणपति न्यौपाने र हजुरबुबा गुनलाल न्यौपानेको नाम विद्यालयसँग जोड्ने प्रस्ताव गरेका थिए । सोही प्रस्तावअनुसार पाख्रीबास नगरपालिका, विद्यालय व्यवस्थापन समिति र शर्माबीच नाम परिवर्तन तथा सहयोगसम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार विद्यालयको पूर्वाधार विकासका लागि तीन करोड रुपैयाँ उपलब्ध गराइनेछ । उक्त रकममध्ये तीन करोड रुपैयाँ शर्माले सम्झौता भएको समयमा हस्तान्तरणसमेत गरिसकेका छन् । बाँकी दुई करोड रुपैयाँ आर्थिक रूपमा विपन्न तथा जेहेनदार विद्यार्थीको उच्च शिक्षाका लागि छात्रवृत्तिमा खर्च गरिनेछ ।

छात्रवृत्तिअन्तर्गत काठमाडौँ मेडिकल कलेज (केएमसी) मा सञ्चालन हुने डीएम, एमसीएच, एमडी, एमएस, एमबीबीएस, बीडीएस, बीएस्सी नर्सिङ, बीएनएस र बीपीटीलगायत कार्यक्रमको अध्ययन शुल्क समेटिने बताइएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम तिम्सिना, डा. शर्मा र पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शर्माले विद्यालयमा गरेको सहयोगलाई आर्थिक योगदानभन्दा पनि आफ्नो पुर्खा र जन्मभूमिसँग जोडिएको भावनासँग सम्बन्धित रहेको बताएका छन् । उनले चुङमाङको विद्यालय आफ्नो सामाजिक योगदानको दोस्रो ठूलो प्रयास भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोग विस्तार गर्ने बताए ।

यसअघि शर्माले आफूले प्राथमिक तहमा अध्ययन गरेको मोरङको क्षेत्र नम्बर २ स्थित विद्यालयमा समेत भवन निर्माणमा सहयोग गरेका थिए । उक्त विद्यालयमा उनका बुबाआमाको नाम जोडिएको छ ।

शर्माले हुम्लाको चङ्खेलीमा रहेको विद्यालयमा पनि सहयोग गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । त्यसका लागि विद्यालयको नामसँग आफ्नो र श्रीमतीको नाम जोड्ने प्रस्ताव अघि बढाइएको उनको भनाइ छ ।

धनकुटाका विपन्नलाई केएमसीमा नि:शुल्क उपचार
शर्माले धनकुटाका विपन्न नागरिकका लागि काठमाडौँ मेडिकल कलेजमा नि:शुल्क उपचारको व्यवस्था गर्ने घोषणा पनि गरेका छन् ।

उनका अनुसार धनकुटा क्षेत्रका लागि १०० जनाको नि:शुल्क उपचार कोटा छुट्याइएको छ । आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाका नागरिकलाई लक्षित गरी उक्त सुविधा उपलब्ध गराइने उनले बताए ।

शर्माले धनकुटाका लागि ५० प्रतिशतसम्मको उपचार सुविधा भने निश्चित संख्यामा सीमित नरहने गरी उपलब्ध गराउने बताएका छन् । वास्तविक रूपमा आर्थिक रूपमा कमजोर र उपचार खर्च धान्न नसक्ने नागरिकलाई प्राथमिकतामा राखेर नि:शुल्क उपचार गरिने उनको भनाइ छ ।

उनले जन्मभूमि र स्थानीय समुदायसँगको सम्बन्धलाई रकममा मापन गर्न नसकिने उल्लेख गर्दै शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघि शर्माले मोरङको रतुवामाई नगरपालिका-९ स्थित जनता माध्यमिक विद्यालयको नाम आफ्ना बुबाआमाको नाममा परिवर्तन गर्न दुई करोड रुपैयाँ सहयोग गरेका थिए । उक्त सहयोगपछि विद्यालयको नाम ‘श्री जनता लोकनाथ-होमादेवी माध्यमिक विद्यालय’ कायम गरिएको थियो।

0 Comments