काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलामा ३ लाख २ हजार २ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ४० रुपैयाँ बढेर ४ हजार ८१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।






