७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियन गेम्समा नेपालको पहिलो पदक, तेन्जिङ शेर्पाले जिते कास्य

अ+ अ-

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक हात पारेको छ। कराँते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जित्दै नेपालको पदक खाता खोलेका हुन्।

टोयाहाशी जिम्नेसियममा बुधबार भएको प्रतिस्पर्धामा तेन्जिङले कास्य पदकका लागि लाओसका वाथाना जायासनलाई ९-१ को फराकिलो अन्तरले पराजित गरे।

यसअघि भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५-० ले पराजित भएका थिए। सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका हुन्।

लाओसका खेलाडीविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै जित निकालेपछि तेन्जिङले एसियाली खेलकुदको जारी संस्करणमा नेपालको खातामा पहिलो पदक थपेका छन्।

करातेमा प्राप्त यो कास्यसँगै जापानमा भइरहेको २०औँ एसियाली खेलकुदमा नेपालको पदक अभियान सुरु भएको छ।

0 Comments