७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विमानस्थलबाट ७२० प्याकेट चुरोट र ६९ पोका सुर्तीजन्य पदार्थ बरामद

अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको ठूलो परिमाणको सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।

विमानस्थलमा यात्रुको ब्यागेज एक्स-रे मेसिनबाट जाँच गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले थप खानतलासी गरेको थियो। खानतलासीका क्रममा विभिन्न ब्रान्डका ७२० प्याकेट चुरोट तथा सुर्तीजन्य पदार्थका ६९ पोका बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बरामद चुरोट विभिन्न ब्रान्डका छन्। त्यस्तै, जित, सुपर पावर, भोला, मेघाश्री र करेन्टलगायतका सुर्तीजन्य पदार्थ ६९ पोका बरामद गरिएको हो।

बरामद सामान आवश्यक कारबाहीका लागि विमानस्थल भन्सार कार्यालयमा पठाइएको विमानस्थल प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

विमानस्थलबाट विदेश लैजान लागिएको अवस्थामा ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ फेला परेपछि प्रहरीले थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा पठाएको जनाएको छ।

0 Comments