७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रमा सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्को जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत मौसम पूर्वानुमानसम्बन्धी जानकारी सार्वजनिक गर्दै शुक्रबार (असोज ९) देखि आइतबार (असोज ११) सम्म देशका विभिन्न स्थानमा मेघगर्जनसहित चट्याङ, हावाहुरी तथा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जानकारी दिएका हुन्।

उनका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन्।

विशेष गरी गण्डकी प्रदेशको पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङ तथा हिमाली क्षेत्र, बागमतीका पहाडी भूभाग, कर्णालीको जुम्ला आसपास र सुदूरपश्चिमका पहाडी क्षेत्रमा वर्षाको जोखिम बढी रहने प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

भारी वर्षाका कारण बाढी, पहिरो, डुबान तथा गेग्रानसहितको बाढी आउन सक्ने र त्यसबाट सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सावधानी अपनाउन उनले आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले वर्षा भइरहेको समयमा तथा रातको समयमा राजमार्गमा यात्रा नगर्न, नदी तथा खोलानालाको आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

त्यस्तै, मौसममा सुधार नआएसम्म पदयात्रा तथा हिमाली क्षेत्रमा हुने भ्रमण स्थगित वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन्।

उनले मौसम पूर्वानुमान महाशाखा तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना र निर्देशन पालना गर्न सर्वसाधारणलाई आग्रह गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी, आपसी समन्वय तथा पूर्वसूचना प्रवाहमा सक्रिय रहनसमेत अनुरोध गरेका छन्।

प्रधानमन्त्री शाहले सार्वजनिक गरेको विवरणमा आगामी केही दिनको प्रतिकूल मौसमका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै नागरिक तथा सम्बन्धित सरकारी निकायले पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

0 Comments