८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान

अ+ अ-

चितवन । बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट, धादिङ र रसुवाका नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकार लागिपरेको बताएका छन् ।

मन्त्री तामाङले बाढीपछि प्रभावित क्षेत्रमा तत्काल उद्धार, प्राथमिक उपचार, तथा ‘होल्डिङ सेन्टर’को व्यवस्थापनदेखि स्वास्थ्य सेवा विस्तारका कामलाई निरन्तरता दिइएको बताए ।

भोटेकोशीमा बाढी आए लगत्तै प्रदेशका मुख्यमन्त्री, आफू र अर्थमन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा पुगेर संघ तथा स्थानीय सरकारसँग समन्वय गरी काम गरेको उनले बताए । उनले भने, “त्यतिबेला हाम्रो प्राथमिकता उद्धार र प्राथमिक उपचार थियो । त्यसपछि जटिल उपचार आवश्यक पर्ने बिरामीलाई रिफर गर्ने र उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएकालाई होल्डिङ सेन्टरमा राख्ने काम गर्‍यौँ ।”

बाढीबाट विद्यालय, स्वास्थ्य चौकीलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको तथा नुवाकोट, धादिङ र रसुवाका विभिन्न स्थानमा सम्पर्क विच्छेद भएकाले त्यसलाई पूर्ववत् अवस्थामा फर्काउन प्रदेश सरकार केन्द्रित भएको मन्त्री तामाङको भनाइ छ ।

उनका अनुसार त्रिशूलीमा रहेका दुई वटा जनस्वास्थ्य तथा जिल्ला अस्पताल, आयुर्वेद अस्पताल तथा बेत्रावती, स्याफ्रुबेँसी र धादिङका स्वास्थ्य कार्यालयमार्फत सेवा दिइँदै आएको छ । स्वास्थ्य सेवाको आवश्यकता अझै रहेको भन्दै प्रदेश सरकारले एक सयभन्दा बढी स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालन गरेको उनले जानकारी दिए  ।

मन्त्री तामाङले भने, “स्वास्थ्य कर्मचारी एक सयभन्दा बढी पठाउँदा पनि त्यहाँ सेवा अझ बढी दिनुपर्ने अवस्था भएकाले विभिन्न संस्थासँग समन्वय गरेर उहाँहरूलाई स्वास्थ्य सेवामा जोडेर काम गरिरहेका छौँ ।”

बाढीपछि प्रभावित क्षेत्रमा देखिएका मौसमी रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए । पखालालगायतका समस्या देखिएपछि आवश्यक स्वास्थ्य उपचार तथा खोपलगायतका माध्यमबाट रोग नियन्त्रणमा ल्याइएको उनको भनाइ छ ।

प्रदेश सरकारले प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन आपत्कालीन आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना गरेको मन्त्री तामाङले बताए । उनका अनुसार उक्त केन्द्रको आज नुवाकोटमा उद्घाटन गरिनेछ ।

यसैबीच, मौसम पूर्वानुमानअनुसार भारी तथा अविरल वर्षाको सम्भावना रहेकाले स्वास्थ्यकर्मीलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मन्त्री तामाङले आग्रह गरेका छन् ।  उनले भने,  “सबै स्वास्थ्यकर्मीलाई ‘अलर्ट’ भएर बस्नका लागि विनम्र अपिल गर्दछु । पहिला आफू सुरक्षित हुने, त्यसपछि सेवा दिन तयार भएर बस्न अनुरोध गर्दछु ।” मन्त्री तामाङले नदी तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमप्रति सचेत र सुरक्षित रहन आग्रह गरे । 

0 Comments