८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई धम्क्याएको अडियो सार्वजनिक भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा उनले राज्यको चेन अफ कमाण्ड र मर्यादालाई नै चुनौती दिने गरी आएको उक्त अभिव्यक्तिबारे तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेकी हुन् ।

 सांसद संग्रौलाले सदनमा बोल्दै कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकलाई अत्यन्त तल्लो स्तरको भाषा प्रयोग गर्दै थर्काएको विषयले राष्ट्रिय सुरक्षा निकाय र निजामती सेवाको मर्यादामा आघात पुगेको बताइन् । सार्वजनिक भएको उक्त अडियोमा ती अधिकृतले सशस्त्र प्रहरीका महानिरीक्षकदेखि गृहमन्त्रीसम्मलाई लक्षित गर्दै ‘स्वाट्टै हान्छु’ भनी धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ । 

सांसद संग्रौलाले भनिन्, ‘एउटा भन्सार अधिकृतले गृहमन्त्रीलाई नै हान्ने क्षमता राख्छन् भने यो सदनमा हामी के गरिरहेका छौं ?’

उनले ‘स्वाट्टै हान्छु’ भन्ने अभिव्यक्ति फोन हान्ने हो, भेटेर हान्ने हो वा पद खोस्ने भन्ने अर्थमा प्रयोग भएको हो भन्नेबारे प्रश्न गरिन् । राजश्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीको मनोबल गिराउने र राज्यका उच्च पदाधिकारीलाई नै सार्वजनिक रूपमा चुनौती दिने कार्य कदापि स्वीकार्य नहुने उनको भनाइ छ । उनले सरकारसँग उक्त प्रकरणको तत्काल छानबिन गर्न माग गर्दै, यदि ती अधिकृत दोषी देखिएमा कानुन बमोजिम कारबाही गर्न जोड दिइन् । 

0 Comments