८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्याग्दीमा चार दिन भारी वर्षाको जोखिम, राति दुई सडक खण्डमा आवागमन बन्द

अ+ अ-

काठमाडौँ । मौसममा प्रतिकूलता आउने पूर्वानुमानसँगै म्याग्दीमा सम्भावित बाढी, पहिरो, कटान तथा गेग्रान बहावको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन अपिल गरेको छ।

नेपाल मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना तथा विशेष मौसमी बुलेटिनका आधारमा असोज ८ गतेदेखि ११ गतेसम्म गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रशासनले जनाएको छ। केही स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान छ।

वर्षाका कारण जिल्लाका विभिन्न भूभागमा अकस्मात बाढी, पहिरो, नदी कटान तथा गेग्रान बहावको जोखिमलाई ध्यानमा राख्दै कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी-जोमसोम र बेनी-दरबाङ सडक खण्डमा असोज ८ देखि ११ गतेसम्म हरेक दिन साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले नदी तथा खोला किनारमा रहेका बस्तीका बासिन्दा, यात्रु तथा सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। बाढीको जोखिम भएका खोला तथा नदीमा माछा मार्ने, दाउरा टिप्ने, ढुंगा, रोडा तथा बालुवा संकलन गर्ने लगायतका कामका लागि नजानसमेत अनुरोध गरिएको छ।

नदी कटान वा डुबानको जोखिममा रहेका बस्तीका बासिन्दालाई सुरक्षित तथा उँचो स्थान पहिचान गरी आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न प्रशासनले आग्रह गरेको छ। कमजोर भू-बनोट तथा भिरालो क्षेत्रमा पहिरोको जोखिम हुने भएकाले त्यस्ता स्थानमा यात्रा गर्दा र बस्दा थप सतर्कता अपनाउन भनिएको छ।

सडक अवरुद्ध हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै कालीगण्डकी कोरिडोर, बेनी-दरबाङ तथा अन्य स्थानीय सडकमा तत्काल परिचालन गर्न सकिने गरी डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई प्रशासनले अनुरोध गरेको छ।

जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारलाई समेत सम्भावित जोखिमप्रति सचेत रहन र जोखिमको पूर्वानुमान हुनासाथ सुरक्षित स्थानमा जान भनिएको छ। साथै, विपद् पूर्वतयारीमा आवश्यक पर्ने नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पुर्जा, नियमित औषधि, टर्चलाइट र सिठ्ठीलगायतका सामग्रीसहित ‘गो ब्याग’ तयार राख्न प्रशासनले आग्रह गरेको छ।

म्याग्दी हुँदै सडक यात्रा गर्ने यात्रुलाई सडकको अवस्थाबारे सम्बन्धित निकायबाट पूर्वजानकारी लिएर मात्र यात्रा गर्न भनिएको छ। प्रशासनले विपद् पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न सरकारी, गैरसरकारी निकाय र संघ-संस्थालाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरी तयारी अवस्थामा रहनसमेत अनुरोध गरेको छ।

आपत्कालीन अवस्थामा विपद्सम्बन्धी सूचना तथा गुनासोका लागि १२३४, वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी बलको हटलाइन १११४ मा सम्पर्क गर्न सकिने प्रशासनले जनाएको छ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयको विपद् फोकल पर्सन/सूचना अधिकारी ९८५७६२४२३३, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ९८५७६७५६६६, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र ९८५७६२५९९४ तथा नेपाली सेना गुरु गोरख गुल्म, अर्थुङ्गे ब्यारेक ०६९-५२०५१८ मा समेत सम्पर्क गर्न सकिने जनाइएको छ।

प्रशासनले मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने अद्यावधिक मौसम पूर्वानुमान, पूर्वसूचना र चेतावनीबारे नियमित जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।

0 Comments