८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारी वर्षाको जोखिमपछि बीपी राजमार्गमा चार दिन राति सवारी चलाउन रोक

अ+ अ-

काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिन्धुलीस्थित बीपी राजमार्गमा चार दिन राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विशेष मौसमी बुलेटिनका आधारमा असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुका ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म बीपी राजमार्गमा रात्रिकालीन सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

नेपाल मौसम विज्ञान विभागले असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार बंगालको खाडीको मध्य भूभाग आसपास विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै उत्तरपश्चिम दिशातर्फ सर्ने र त्यसको प्रभावले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको जनाएको थियो।

मौसम प्रतिकूल हुँदा सिन्धुलीका केही तथा सबै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखी विपद्, सवारी दुर्घटना तथा अन्य जोखिम न्यूनीकरणका लागि रात्रिकालीन आवागमनमा रोक लगाइएको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार वर्षा तथा बाढीको अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार दिनको समयमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाउन वा सञ्चालन गर्न सकिनेछ।

सवारी चालक तथा यात्रुलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। राजमार्गमा यात्रा गर्नेहरूले थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको ९८५४०६५५५५, जिल्ला ट्राफिक प्रहरी कार्यालयको ९८५४०९००३६ तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको १२३४ र ९८५४०५००२४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।’

0 Comments