८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : ‘राति राजमार्गमा यात्रा नगर्नुहोस्, मौसमको आधिकारिक सूचना हेर्नुहोस्’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले असोज ९ देखि ११ गतेसम्म भारीदेखि अति भारी वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र राति सकेसम्म राजमार्गमा नहिँड्न नागरिकलाई आग्रह गरेका छन्।

अमेरिकाबाट सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री शाहले पूर्वसावधानी र सतर्कता नै विपद् व्यवस्थापनको मुख्य आधार भएको बताएका छन्। उनले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना हेरेर सुरक्षित स्थानमा रहन आग्रह गरेका छन्। जल तथा मौसम विज्ञान विभागले पनि असोज ९ देखि ११ गतेसम्मको मौसमलाई ध्यानमा राखी लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ।

प्रधानमन्त्री शाहका अनुसार सरकारले पछिल्लो २४ घण्टामा मन्त्रालय र मातहतका निकायमार्फत पूर्वतयारीसम्बन्धी निर्देशन तथा सार्वजनिक सूचना जारी गरेको छ। उनले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको र जिल्ला सुरक्षा समितिमार्फत नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।

सडकमा ‘रोक, पर्ख र हेर’ नीति
प्रधानमन्त्री शाहले राजमार्गका सुरक्षा जाँच चौकीले अघिल्लो चौकीसँग सम्पर्क गरी अगाडिको सडक खण्ड सुरक्षित रहेको सुनिश्चित भएपछि मात्रै सवारी अघि बढाउने ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको बताएका छन्। उनका अनुसार जोखिमयुक्त सडक खण्डमा राति सवारी सञ्चालन नगर्न निर्देशन दिइएको छ। अवरुद्ध सडक खुलाउन आवश्यक पर्न सक्ने एक्स्काभेटर, लोडर र डोजरलगायतका उपकरण जोखिमयुक्त क्षेत्र नजिक तयारी अवस्थामा राख्ने तथा सडकको अवस्थाबारे नियमित जानकारी सार्वजनिक गर्ने व्यवस्था मिलाइएको पनि उनले जनाएका छन्।

स्थानीय तहदेखि स्वास्थ्य संस्थासम्म तयारी
सबै ७५३ स्थानीय तहलाई विपद् व्यवस्थापन समितिको बैठक बसेर तयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा सार्न र प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको प्रधानमन्त्रीको भनाइ छ। सार्वजनिक बिदामा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यका लागि तत्पर रहन निर्देशन दिइएको उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहका अनुसार स्थानीय तहसँग समन्वय गरी आवश्यकता हेरेर असोज ९ गते विद्यालयको पठनपाठन सञ्चालन नगर्न तथा उक्त अवधिका परीक्षा आवश्यकता अनुसार स्थगित गर्न सम्बन्धित निकायलाई भनिएको छ। उनले अभिभावकलाई बालबालिका नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका स्थानमा जान नदिन अनुरोध गरेका छन्।

अस्पताल र स्वास्थ्य चौकीलाई जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राख्न, खाद्य गोदाममा आवश्यक मौज्दात कायम गर्न र कृत्रिम अभाव तथा अनुचित मूल्यवृद्धि रोक्न बजार अनुगमन गर्न निर्देशन दिइएको पनि प्रधानमन्त्रीले जनाएका छन्। पदयात्रा र पर्वतारोहणमा रहेका पर्यटकको सुरक्षाका लागि सम्बन्धित व्यवसायीसँग समन्वय गर्न तथा मौसमअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड पालना गर्न भनिएको उनले उल्लेख गरेका छन्।

आपत्कालीन अवस्थामा हेलो सरकार ११११, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४ वा स्वास्थ्य हेल्पलाइन १११५ मा सम्पर्क गर्न प्रधानमन्त्री शाहले आग्रह गरेका छन्। उनले मौसम पूर्वानुमानका लागि ११५५ मा फोन गर्न सकिने जानकारी पनि दिएका छन्।

0 Comments