९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा समूहले तोक्यो ७६ जिल्लामा महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि 

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आफ्नो १५औँ महाधिवेशनको तयारीका लागि ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। डा. शशांक कोइराला संयोजक रहेको महाधिवेशन तयारी समितिले रुकुम पश्चिमबाहेकका जिल्लामा प्रतिनिधि खटाएको हो। कास्कीमा दुई जनाको नाम तोकिएको सूचीमा उल्लेख छ।

देउवा पक्षको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन सुरु गर्ने र मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी छ। समितिले यसअघि सात प्रदेशका ५५ जिल्लामा संयोजक तोकेको जनाएको छ। जिल्ला संयोजक र अहिले तोकिएका केन्द्रीय प्रतिनिधि फरक जिम्मेवारी हुन्।

कोशी प्रदेशमा ताप्लेजुङका लागि प्रतापप्रकाश हङ्गाम, पाँचथरमा सूर्यकुमार दाहाल, इलाममा सुजाता परियार, झापामा कृष्ण हुमागाईं, सङ्खुवासभामा दीपक खड्का, तेह्रथुममा केशव ढुङ्गाना, भोजपुरमा उत्तम चापागाईँ, धनकुटामा कमोट फागु, मोरङमा केदार कार्की, सुनसरीमा लक्ष्मी खतिवडा, सोलुखुम्बुमा शुभराम बस्नेत, खोटाङमा सरस्वती बजिमय, ओखलढुङ्गामा गोमा केसी र उदयपुरमा नारायणबहादुर कार्की तोकिएका छन्।

मधेश प्रदेशमा सप्तरीमा मञ्जु यादव, सिराहामा सन्तोष चौधरी, धनुषामा हरेशकुमार महतो, महोत्तरीमा उष राउत, सर्लाहीमा सपुत कार्की, रौतहटमा मो। मोख्तार अहमद, बारामा रमेशकुमार निरौला र पर्सामा सुरेन्द्र न्यौपाने खटिएका छन्।

बागमती प्रदेशमा दोलखामा कुन्दनराज काफ्ले, रामेछापमा पूर्णमान तामाङ, सिन्धुलीमा सरोजकुमार थापा, रसुवामा बालचन्द्र शर्मा, धादिङमा धर्मराज अर्याल, नुवाकोटमा ध्रुव अधिकारी, सिन्धुपाल्चोकमा मोहनबहादुर बस्नेत, काभ्रेमा शिवप्रसाद हुमागाईं, चितवनमा कञ्चनचन्द्र वादे, मकवानपुर र ललितपुरमा मदनबहादुर अमात्य, भक्तपुरमा दयामान कर्माचार्य तथा काठमाडौँमा कल्याणी रिजाल तोकिएका छन्।

गण्डकी प्रदेशमा गोरखामा नवराज गुरुङ, लमजुङमा पुष्प पराजुली, तनहुँमा मणिभद्र शर्मा, कास्कीमा शंकर भण्डारी र प्रा।डा। कृष्ण गौतम, मनाङमा सीता देवकोटा, मुस्ताङमा किरण पौडेल, पर्वतमा पोषनाथ शर्मा, स्याङ्जामा प्रा।डा। राजेन्द्रराज वाग्ले, म्याग्दीमा ऋषि काफ्ले, बागलुङमा जीत शेरचन र नवलपुरमा गुरु बराल तोकिएका छन्।

लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुणाकर भुर्तेल, कपिलवस्तुमा राजेश सिंह, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा बाबुराम पौडेल, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्युठानमा ईश्वरीसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा सुदिपनरसिंह राणा र बर्दियामा जग्गा पाण्डे तोकिएका छन्।

कर्णाली प्रदेशमा सल्यानमा दीपक चन्द, डोल्पामा भैरवबहादुर शाही, जुम्लामा दीपेन्द्र हमाल, मुगुमा तिलकबहादुर मल्ल, हुम्लामा बखतबहादुर शाही, कालिकोटमा दमनबहादुर शाही, जाजरकोटमा ज्ञानबहादुर शाही, दैलेखमा एकेन्द्रबहादुर पन्त र सुर्खेतमा महेन्द्र शाही तोकिएका छन्। प्राप्त सूचीमा रुकुम पश्चिमका प्रतिनिधिको नाम खुलाइएको छैन।

सुदूरपश्चिम प्रदेशमा बाजुरामा हर्कजंगबहादुर सिंह, बझाङमा सीताराम जोशी, डोटीमा अर्जुन ताम्राकार, अछाममा कविराज पण्डित, दार्चुलामा सन्तोष ऐतवाल, बैतडीमा चिन्तामणि भट्ट, डडेल्धुरामा टेकबहादुर रैका, कञ्चनपुरमा प्रदीप देउवा र कैलालीमा देवराज जोशी तोकिएका छन्।

काँग्रेसभित्र दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले जिल्ला तहमा प्रतिनिधि खटाएको हो। 

0 Comments