११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली वारपार गर्न तुइन बन्द हुँदा जनजीवन प्रभावित

अ अ+ अ-

काठमाडौँ । नुवाकोटको त्रिशूली नदीमा सञ्चालनमा ल्याइएका तुइन निरन्तरको वर्षाका कारण बन्द हुँदा जनजीवन प्रभावित भएको छ ।

वर्षाका कारण नदीमा पानीको बहाव बढ्नुका साथै तुइनका घिर्नी सञ्चालनमा प्राविधिक कठिनाइ देखिएपछि विदुर नगरपालिकाका चार स्थानमा सञ्चालनमा ल्याइएका तुइन बन्द गरिएका हुन् ।

तुइन बन्द भएपछि त्रिशूली नदी वारपार गर्न बेलकोटगढी नगरपालिकामा पर्ने झोलुंगे पुल वा धादिङको गल्छीस्थित पक्की पुल हुँदै आवतजावत गर्नुपर्ने बाध्यता भएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले नदी वारपार गर्ने सम्पूर्ण पुलसहित सडकको पहुँच मार्गसमेत बगाएपछि विदुर नगरपालिकासँगको सहकार्यमा बागमती प्रदेश सरकारले विभिन्न चार स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याएको थियो ।

त्रिशूली नदी वारपारका बस्तीलाई आपसमा जोड्न विदुर नगरपालिका-१ इन्द्रायणीचौरमा दुई ठाउँमा तथा वडा नं ४, वडा नं-१२ जोड्ने सिमचौर, वडा नं ५ र ३ जोड्ने देवीघाटमा एक-एक ठाउँमा तुइन जडान गरिएका थिए । निरन्तर वर्षा भइरहेका कारण तुइनका घिर्नी सञ्चालनमा कठिनाइ हुनुका साथै नदी वारपार गर्ने क्रममा बीचमै अड्किन सक्ने जोखिम रहेकाले सञ्चालन रोकिएको पूर्वाधार विकास कार्यालय नुवाकोटका प्रमुख सुजन थापाले जानकारी दिए ।

“प्राविधिक समस्या र नदीको बहावबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै तुइन सञ्चालन रोकिएको हो”, उनले भने, “मौसम सफा भएर नदीको बहाव घटेपछि पुनः सञ्चालनमा ल्याइनेछ ।”

देवीघाटमा जडान गरिएको तुइनको लठ्ठा बाँधिएको रुखसमेत त्रिशूली नदीको कटानका कारण जोखिममा परेको छ । वडा नं ३ तर्फ लठ्ठा बाँधिएको रुखमा नदीको कटानले क्षति पुर्‍याएकाले मौसम सफा भएपछि प्राविधिक अध्ययन गरेर मात्र उक्त तुइन सञ्चालनमा ल्याउने तयारी गरिएको प्रमुख थापाले जानकारी दिए।

भोटेकोशी बाढीपछि देवीघाटस्थित तादी खोलामा नेपाली सेनाको सहयोगमा एक्रोब्रिज सञ्चालनमा ल्याएसँगै धादिङतर्फको आवतजावत केही सहज भएको छ । तर, त्रिशूली नदीमा पानीको बहाव उच्च रहेकाले तत्काल पक्की वा अन्य वैकल्पिक पुल निर्माण गर्न नसक्दा नदी वारपारका लागि तुइन नै प्रमुख माध्यम बनेको छ ।

नदी वारपारको एक मात्र साधन तुइन पनि बन्द भएपछि नदीपारिका बस्तीमा बाढीले पुर्‍याएको क्षति पश्चात् पुरिएका घरको भग्नावशेष हटाइ खोज तथा उद्धार र राहत वितरणमा समस्या भएको छ । आम उपभोक्तालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएको विदुर नगरपालिका-७ का अध्यक्ष रबिन्द्र नेपालले गुनासो गरे ।

नदी पार गर्ने माध्यम नहुँदा सदरमुकाम विदुरबाट त्रिशूली नदी पारितर्फ रहेको त्रिशूली अस्पताल पुग्न नसक्दा यहाँका बिराम जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ । नदी वारपारको सहज माध्यम बन्द हुँदा विदुरबाट त्रिशूली पारीतर्फ विदुरको आठवटा वडा सहित किस्पाङ र म्यागङ गाउँपालिकासँगको आउजाउ रोकिएको छ ।

0 Comments