११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाद्वारा बाढी पहिरो प्रभावित क्षेत्रबाट ६०२ जनाको स्थलमार्ग र ८२ जनाको हवाई उद्धार 

नेपाली सेनाले म्याग्दीका ७८ र जाजरकोटका चार जनाको हवाई उद्धार गरेको छ। पर्वत, म्याग्दी र बागलुङबाट थप ६०२ जनालाई स्थलमार्गबाट सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ।

अ अ+ अ-

काठमाडौँ । अविरल वर्षापछिको बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतको काम जारी राखेको छ। 

सेनाले आइतबार दिएको विवरण अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५, पाउद्वारमा पहिरोका कारण फसेका ७८ जनालाई हेलिकप्टरबाट उद्धार गरी सोही गाउँपालिकाको मुक्तिमार्ग माध्यमिक विद्यालयमा पुर्‍याइएको छ।

पर्वत, म्याग्दी र बागलुङका विभिन्न प्रभावित स्थानबाट ६०२ जनालाई स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा सारिएको सेनाले जनाएको छ। पाल्पाको रामपुर नगरपालिका-४, वडबानघाटमा कालीगण्डकी नदी बस्तीमा पसेपछि त्यहाँ पनि सेना परिचालन गरी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।

भेरी नदीको टापुबाट चार जनाको उद्धार
जाजरकोटको भेरी नगरपालिका-१३, कुदुस्थित भेरी नदीको बीच टापुमा फसेका चार जनालाई हेलिकप्टरबाट उद्धार गरिएको सेनाले जनाएको छ।

प्रभावित क्षेत्रमा राहत पुर्‍याउन सेनाको हेलिकप्टर प्रयोग गरिएको छ। सेनाका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित मुक्तिमार्ग विद्यालय, बागलुङको तमानखोला गाउँपालिकास्थित सोलेडाँडा र पर्वतको जलजला गाउँपालिकामा गरी ९७९ किलोग्राम राहत सामग्री ढुवानी गरिएको छ।

अवरुद्ध सडक खुलाइयो, बाँध मजबुत बनाइयो
डडेल्धुराको आलिताल गाउँपालिका-८, भगरियामा पहिरोले अवरुद्ध जोगबुडा-बुडर सडक खण्ड सेना परिचालन गरी पुनः सञ्चालनमा ल्याइएको छ।

रौतहटको मौलापुर नगरपालिका-१, मर्यादापुरमा लालबकैया नदीको बहाव बढेपछि करिब ८० मिटर बाँध थप मजबुत बनाइएको पनि सेनाले जनाएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत ढुवानी र जोखिम न्यूनीकरणका काम जारी रहेको सेनाको भनाइ छ।

0 Comments