१२ आश्विन २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जबरालाई नियन्त्रणमा लिएको विषयमा दाहालको आपत्ति : ‘छोरी पिटेर बुहारी तर्साउन खोजे घातक हुन्छ’

अ अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई निवासबाट प्रहरी कार्यालय लगिएको विषयमा आपत्ति जनाएका छन्। 

सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले विशिष्ट व्यक्तिहरूलाई कारण नखुलाई नियन्त्रणमा लिने क्रम जारी रहे सरकारले ‘ठूलो मूल्य चुकाउनुपर्ने’ चेतावनी दिए। 

दाहालले जबराको सुरक्षामा जोखिम थियो भने निवासमै सुरक्षाकर्मी थप्नुपर्ने बताए।

‘छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने यो पनि घातक हुन्छ,’ उनले भने। जबरालाई प्रहरी कार्यालय लगाउनुको वास्तविक कारण बिस्तारै खुल्ने उनको भनाइ थियो। 

प्रहरीले भने सम्भावित सुरक्षा जोखिमको सूचना पाएपछि जबरालाई आइतबार बिहान महाराजगन्जस्थित निवासबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय लगिएको जनाएको छ। उनीविरुद्ध आपराधिक मुद्दा चलाउने तयारी नरहेको प्रहरीको भनाइ छ। आइतबार नै उनलाई परिवारको जिम्मा लगाइएको थियो। 

संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनबारे सोधिएको प्रश्नमा दाहालले मुलुकको परिस्थिति अनुसार उठाइएका विषय स्वाभाविक रहेको प्रतिक्रिया दिए। सम्बोधनलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न नहुने उनको भनाइ थियो।

0 Comments