zप्रदेश सचि
काठमाडौँ। कोशी प्रदेश सरकारले प्रदेश सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा र सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रदेश सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को २०औँ बैठकले शर्मालाई प्रदेश योजना आयोगको कामकाज गर्ने गरी खटाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
तामाङ यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए।






