१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आज दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक, निजामती विधेयकदेखि दुई सचिव बढुवासम्म एजेन्डामा

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी छ। प्रशासन र प्राविधिकतर्फ रिक्त एक–एक सचिव पदमा बढुवासँगै मन्त्रालयका नियमित प्रस्तावमा पनि छलफल र निर्णय हुनेछ।

अ अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो ३ बजे बस्दै छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारीसँगै प्रशासन र प्राविधिकतर्फ रिक्त एक–एक सचिव पदमा बढुवाको निर्णय हुने भएको छ।

बैठकमा विभिन्न मन्त्रालयबाट निर्णयका लागि पठाइएका नियमित प्रशासनिक तथा नीतिगत प्रस्तावमाथि पनि छलफल हुने स्रोतले जनाएको छ।

प्रशासन र प्राविधिकतर्फ दुई सचिव बढुवा
आजको बैठकले प्रशासन र प्राविधिकतर्फ रिक्त एक–एक सचिव पदमा बढुवाको निर्णय गर्ने तयारी रहेको छ।

प्रशासनतर्फ रिक्त सचिव पदका लागि बढुवा सिफारिस समितिले वरिष्ठ सहसचिव आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ।

प्राविधिकतर्फ रिक्त सचिव पदका लागि सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले जगदीश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठलाई क्रमश: पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको छ।

प्रचलित व्यवस्थाअनुसार सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्नेछ। यसअनुसार आजको बैठकबाट प्रशासन र प्राविधिकतर्फ गरी दुई जना राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा हुनेछन्।

संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
बैठकमा लामो समयदेखि प्रक्रियामा रहेको संघीय निजामती सेवा विधेयकसमेत पेस गर्ने तयारी छ।

सरकारले यसअघि विधेयकको मस्यौदामा परामर्श लिन लोक सेवा आयोगमा पठाएको थियो। आयोगले आफ्नो राय सरकारलाई उपलब्ध गराइसकेको छ। भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदा परामर्शका लागि आयोगमा पठाउने निर्णय गरेको थियो।

संघीय निजामती प्रशासनको सेवा, सर्त, वृत्तिविकास, सरुवा, बढुवा र अवकाशलगायत विषयलाई समेट्ने भएकाले विधेयकलाई प्रशासनिक क्षेत्रले चासोका साथ हेरिरहेको छ।

आजको बैठकमा विधेयक पेस भए प्रस्तावित व्यवस्थामाथि छलफल गरी मन्त्रिपरिषद्ले आवश्यक निर्णय गर्नेछ।

मन्त्रालयका नियमित प्रस्तावमा पनि छलफल
बैठकमा विभिन्न मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्णयका लागि पठाइएका नियमित प्रस्ताव पनि पेस हुनेछन्।

ती प्रस्तावमाथि छलफल गरी आवश्यकताअनुसार स्वीकृति दिने, थप अध्ययन वा परामर्शका लागि सम्बन्धित निकायमा पठाउनेलगायत निर्णय हुने स्रोतले जनाएको छ।

आजको बैठक प्रशासनिक दृष्टिले संघीय निजामती सेवा विधेयक र रिक्त दुई सचिव पदको बढुवाका कारण विशेष चासोमा छ।

0 Comments