काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन्।
नेपालस्थित आफ्नो राजदूतको कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटका क्रममा दुई देशबीचको सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल भएको जनाइएको छ। यद्यपि, भेटमा भएका विषयवस्तु तथा छलफलका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
श्रीवास्तवले नेपालका लागि भारतीय राजदूतका रूपमा आफ्नो कार्यकाल पूरा गरेपछि स्वदेश फर्किन लागेका हुन्।



