१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते खुलामञ्चमा हुने

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनको उद्घाटन दुई दिन पछि सरेको छ। यसअघि असोज १६ गतेदेखि सुरु हुने भनिएको महाधिवेशन अब असोज १८ गतेदेखि हुने भएको हो।

काँग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौँको खुलामञ्चमा गर्ने जनाएको छ।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन्।

काँग्रेसका अनुसार १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। हाल प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया चलिरहेको छ।

देशका विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया निर्धारित समयमा सम्पन्न हुन नसकेको काँग्रेसले जनाएको छ।

निर्वाचन समिति तथा पार्टीका सम्बन्धित तहका कार्यसमितिबाट केही क्षेत्रमा अधिवेशन र प्रतिनिधि चयन प्रक्रिया जारी रहेको जानकारी प्राप्त भएपछि विद्यमान परिस्थितिलाई ध्यानमा राख्दै महाधिवेशनको उद्घाटन मिति दुई दिन पछि सारिएको काँग्रेसले जनाएको छ।

अब असोज १८ गते खुलामञ्चमा हुने उद्घाटन समारोहसँगै काँग्रेसको १५औँ महाधिवेशन औपचारिक रूपमा अघि बढ्नेछ।

0 Comments