१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमालय एयरलाइन्सले पुनः सुरु गर्‍यो काठमाडौँ-सांघाई सिधा उडान

अ अ+ अ-

काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-सांघाई-काठमाडौँ नियमित सिधा उडान पुनः सुरु गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको सांघाईस्थित पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलका लागि सोमबारदेखि नियमित उडान सञ्चालनमा आएको हो।

एयरलाइन्सको उडान नम्बर एच९७८० सोमबार साँझ ७:११ बजे काठमाडौँबाट सांघाईका लागि उडेको थियो। उक्त विमान चिनियाँ स्थानीय समयअनुसार मंगलबार बिहान २:३६ बजे पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। सोही विमान नेपाली समयअनुसार मंगलबार बिहान ८:१३ बजे काठमाडौं फर्किएको एयरलाइन्सले जनाएको छ।

उडान पुनः सञ्चालनमा आएसँगै हिमालय एयरलाइन्स काठमाडौँ–सांघाई–काठमाडौं रुटमा नियमित सिधा उडान गर्ने एक मात्र वायुसेवा कम्पनी बनेको जनाएको छ। यससँगै नेपाल र चीनको प्रमुख अन्तर्राष्ट्रिय महानगर सांघाईबीचको हवाई सम्पर्क पुनः स्थापित भएको छ।

कम्पनीले प्रारम्भिक चरणमा यस रुटमा सातामा दुईवटा उडान सञ्चालन गर्ने भएको छ। काठमाडौँ-सांघाईतर्फ सोमबार र शुक्रबार तथा सांघाई – काठमाडौँ फर्कने उडान मंगलबार र शनिबार सञ्चालन हुनेछन्।

यात्रुको माग र यात्रु भारलाई आधार बनाएर आगामी दिनमा उडान संख्या थप गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

काठमाडौँ-सांघाई सिधा उडान पुनः सञ्चालनले नेपाल र चीनबीच पर्यटन, व्यापार तथा जनस्तरको आवागमनलाई थप सहज बनाउने अपेक्षा गरिएको छ। विशेष गरी नेपालको मुख्य पर्यटकीय सिजन सुरु हुने समयमा सेवा पुनः सञ्चालन भएकाले चिनियाँ पर्यटकको आगमन बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ।

कम्पनीले यो हवाई सम्पर्कले पर्यटन तथा आतिथ्य क्षेत्रसँगै नेपालको आर्थिक गतिविधिमा समेत सकारात्मक योगदान पुर्‍याउने जनाएको छ।

हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नेपाल र चीनबीच व्यापार, पर्यटन तथा जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन कम्पनीले हवाई सम्पर्क विस्तारलाई प्राथमिकतामा राखेको बताए।

उनका अनुसार कम्पनीले चीनका विभिन्न नयाँ गन्तव्य पहिचान गर्दै नियमित उडानमार्फत नेपालसँगको हवाई सम्पर्क विस्तार गर्ने प्रयासलाई निरन्तरता दिइरहेको छ।

0 Comments