१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमलुङ हिमपहिरोमा हराएकाको खोजी अस्थायी रूपमा स्थगित

अ अ+ अ-

काठमाडौँ । हिमलुङ हिमपहिरोमा परी हराइरहेका व्यक्तिको खोज तथा उद्धार कार्य अस्थायी रूपमा स्थगित गरिएको छ। नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए)का अनुसार हिमपहिरोमा अझै १२ जना कुक स्टाफ बेपत्ता छन्।

हिमपहिरोमा परी हालसम्म चार जनाको शव फेला परेको एसोसिएसनले जनाएको छ। हिमलुङ आधार शिविरमा गएको ठूलो हिम पहिरोका कारण शिविर क्षेत्रमा करिब १४ फिटसम्म बाक्लो हिउँ जमेको थियो।

हिम पहिरोपछि एनएनएमजीएको नेतृत्वमा अनुभवी उद्धार टोली तत्कालै खोज तथा उद्धारमा परिचालन भएको थियो। मिङ्मा जीको नेतृत्वमा आठ सदस्यीय टोलीले प्रतिकूल र जोखिमपूर्ण भौगोलिक अवस्थाका बाबजुद खोजी कार्य अघि बढाएको थियो।

तर हाल जीवित व्यक्तिलाई उद्धार गर्ने सम्भावना नरहेको निष्कर्षसहित तत्कालका लागि खोजी कार्य रोकिएको एसोसिएसनले जनाएको छ। हिम पहिरोपछि जमेको बाक्लो हिउँ तथा हिमालको अवस्थाका कारण थप उत्खनन जोखिमपूर्ण बनेको जनाइएको छ।

एसोसिएसनका अनुसार हिमाल तथा हिउँको अवस्था अनुकूल भएपछि हराइरहेकाको खोजीका लागि पुनः उत्खनन कार्य अघि बढाइनेछ।

0 Comments