१३ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘चोलेन्द्रलाई ‘सुरक्षा थ्रेट’का नाममा पक्राउ गर्नु गलत’ : मानव अधिकारकर्मी

अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘सुरक्षा थ्रेट’को नाममा नियन्त्रणमा लिइएको घटनाप्रति मानव अधिकारकर्मीहरूले आपत्ति जनाएका छन्।

विभिन्न मानव अधिकारकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै जबरालाई स्वेच्छाचारी ढंगले पक्राउ गर्नु गलत भएको बताएका हुन्। उनीहरूले सुरक्षा चुनौती रहेको भए पनि त्यसका नाममा व्यक्तिको मौलिक तथा मानव अधिकारमा असर पर्ने गरी नियन्त्रणमा लिनु उचित नहुने धारणा राखेका छन्।

जबरालाई नियन्त्रणमा लिएपछि उनको अवस्थाबारे अनुगमन गर्न पुगेको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएको घटनाप्रति पनि उनीहरूले प्रश्न उठाएका छन्। आयोगको टोलीलाई टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा करिब ४५ मिनेट प्रतीक्षा गराएर जबरासँग भेट गर्न नदिएको विवरण सार्वजनिक भएको छ।

मानव अधिकारकर्मीहरूले सरकारलाई मानव अधिकारको संरक्षण तथा संवैधानिक र कानुनी व्यवस्थाको पालना सुनिश्चित गर्न आग्रह गरेका छन्। साथै, राष्ट्रिय मानव अधिकार आयोगलाई पनि आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न उनीहरूले आग्रह गरेका छन्।

यस घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले समेत प्रहरीसँग स्पष्टीकरण मागेको छ। आयोगले जबरालाई राखिएको विषयमा अनुगमन गर्न पुगेको टोलीलाई रोकिएको सम्बन्धमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई उपस्थित हुन पत्राचार गरेको जनाएको छ।

यसअघि प्रहरीले जबरालाई सुरक्षा जोखिम रहेको सूचनाका आधारमा महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याइएको जनाएको थियो। प्रहरीले उनको सुरक्षाका लागि यस्तो कदम चालिएको दाबी गरे पनि घटनाको कानुनी प्रक्रिया र आयोगको अनुगमन टोलीलाई रोकिएको विषयमा प्रश्न उठ्दै आएको छ।

विज्ञप्तिमा सुशील प्याकुरेल, शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १४ जना मानव अधिकारकर्मी तथा कानुन व्यवसायीले हस्ताक्षर गरेका छन्।

0 Comments