१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीपछि ऊर्जा सुरक्षा र पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन कुलमान घिसिङको आग्रह

अ अ+ अ-

काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढी पहिरोबाट क्षतिग्रस्त विद्युत् प्रसारण तथा सडक पूर्वाधारको पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले विशेष गरी त्रिशूली र कालीगण्डकी करिडोरमा क्षतिग्रस्त विद्युत् प्रसारण प्रणालीको शीघ्र पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

प्राकृतिक विपत्तिका कारण प्रसारण संरचनामा भएको क्षतिले विद्युत् उत्पादन, प्रसारण र आपूर्तिको समग्र प्रणालीमा दबाब सिर्जना गरेको उल्लेख गर्दै उनले तत्काल पुनर्स्थापना गर्न सकिने संरचनाको पहिचान गरी निर्माण अघि बढाउनुपर्ने बताएका छन्।

घिसिङले आगामी हिउँदमा विद्युत्को माग व्यवस्थापन थप चुनौतीपूर्ण हुन सक्ने भन्दै प्रसारण पूर्वाधारको पुनर्स्थापनामा ढिलाइ नगर्न सरकारसँग आग्रह गरेका छन्।

उनका अनुसार विद्युत् तथा सडकजस्ता अत्यावश्यक पूर्वाधारको क्षति केवल सम्बन्धित क्षेत्रको समस्या नभई नागरिकको दैनिक जीवन, राष्ट्रिय ऊर्जा सुरक्षा र मुलुकको विकास प्रक्रियासँग जोडिएको विषय हो।

घिसिङले स्वदेशी तथा विदेशी लगानीकर्ताको विश्वास कायम राख्न समेत सरकारले स्पष्ट कार्ययोजना सार्वजनिक गरी आवश्यक सहजीकरण तत्काल अघि बढाउनुपर्ने धारणा राखेका छन्।

बाढी पहिरोबाट प्रभावित नागरिकको जीवन, ऊर्जा सुरक्षा र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणलाई संकटको समयमा पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

उनले साना विषयमा अल्झिनुभन्दा विपत्तिबाट प्रभावित क्षेत्रको पुनर्स्थापना र राष्ट्रिय ऊर्जा प्रणालीको सुरक्षाका लागि तत्काल आवश्यक निर्णय तथा काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।

0 Comments