१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परिणाममुखी प्रतिवेदन बनाउने संसदीय विशेष समिति सभापति पराजुलीको प्रतिबद्धता

अ अ+ अ-

काठमाडौँ। ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’का सभापति गणेश पराजुलीले तथ्य, वैज्ञानिक प्रमाण र विज्ञहरूको सुझावका आधारमा परिणाममुखी प्रतिवेदन तयार गर्ने प्रतिबद्धता जनाएका छन् ।

समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन, हिमाली क्षेत्रको जोखिम तथा विपद्बाट प्रभावित नागरिकका समस्यालाई केन्द्रमा राखेर अध्ययन अघि बढाउने बताएका हुन्।

समितिले भू–गर्भ, जलवायु, हिमनदी, हिमताल, जलविज्ञान, पूर्वाधार तथा विपद् व्यवस्थापनका विज्ञसँग छलफल गर्ने भएको छ। विश्वविद्यालय, अनुसन्धान केन्द्र, सञ्चार क्षेत्र तथा स्वदेश-विदेशका अनुसन्धानकर्तासँग समेत सहकार्य गरिने उहाँले जानकारी दिए।

सभापति पराजुलीका अनुसार समितिले विपद्अघिको जोखिम पहिचान, पूर्वतयारी र पूर्वचेतावनीदेखि विपद्पछिको उद्धार, राहत तथा पुनर्निर्माणसम्मका विषय अध्ययन गर्नेछ। विपदबाट भएको हानि/नोक्सानीको अभिलेखीकरण गरी अन्तर्राष्ट्रिय जलवायु वित्तमा नेपालको दाबीलाई प्रमाणसहित बलियो बनाउने विषयलाई पनि प्राथमिकता दिइनेछ।

समितिले निर्धारित समयभित्र प्रतिनिधिसभामा कार्यान्वयनयोग्य सिफारिससहितको प्रतिवेदन पेस गर्ने लक्ष्य लिएको छ।

तत्काल सम्बोधन गर्नुपर्ने विषयमा भने अन्तिम प्रतिवेदनअघि नै सम्बन्धित निकायलाई अन्तरिम सिफारिस गरिने सभापति पराजुलीले बताए।

उनले प्रत्येक प्रमुख सिफारिसमा जिम्मेवार निकाय, कार्यान्वयनको समयसीमा, आवश्यक स्रोत र प्रगति मापनका आधार स्पष्ट पारिने जानकारी दिएका छन्।

0 Comments