१४ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभाबाट ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक’ सर्वसम्मतिले पारित

अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको बुधवारको बैठकले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८३’ सर्वसम्मतिले पारित गरेको छ ।

न्याय सम्पादन प्रक्रियामा वैज्ञानिक प्रमाणको भूमिकालाई सुदृढ बनाउने उद्देश्यले ल्याइएको उक्त विधेयक अब ऐनका रूपमा कार्यान्वयनमा आउने प्रक्रिया अघि बढेको हो । बुधवारको प्रतिनिधि सभा बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरिएको थियो । बैठकले समितिको प्रतिवेदनमा रहेका १ देखि २३ सम्मका संशोधनहरूलाई सर्वसम्मतिले स्वीकार गर्दै विधेयकको अङ्ग बनाएको छ । 

त्यसैगरी, विधेयकको दफा २ देखि ३३ सम्मका प्रावधानहरू र प्रस्तावना तथा नामसमेत सभाबाट सर्वसम्मतिले पारित भएको छ । उक्त विधेयकमा वैज्ञानिक विधि र पद्धतिको प्रयोगमार्फत प्रमाणको संकलन, संरक्षण र विश्लेषणलाई अधिक विश्वसनीय र विशिष्टीकृत बनाउने व्यवस्था समेटिएको छ । 

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधेयकलाई सदनमा प्रस्तुत गर्दै पारित गरियोस् भनी प्रस्ताव राखेका थिए । मन्त्रीको प्रस्तावलाई सभाले सर्वसम्मतिले पारित गरेको हो । यो ऐन प्रमाणीकरण भएको ३१ औँ दिनबाट लागू हुनेछ । यस प्रयोगशालाको स्थापनासँगै कसुरको अनुसन्धान प्रक्रियामा वैज्ञानिक पद्धति थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

0 Comments