काठमाडौँ । न्याय सेवा आयोगले नेपाल न्याय सेवाका ११ सहसचिव र ४३ उपसचिवसहित ५४ कर्मचारीको सरुवाका लागि सिफारिस गरेको छ।
आयोगको २०८३ असोज १४ गतेको निर्णयअनुसार कानुन समूहका राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहका ११ जना तथा राजपत्राङ्कित द्वितीय श्रेणी, उपसचिव वा सोसरहका ४३ जना अधिकृतको सरुवा सिफारिस गरिएको हो।
आयोगले सहसचिव र उपसचिवको सरुवा सिफारिसको विवरण छुट्टाछुट्टै सार्वजनिक गरेको छ। दुवै श्रेणीका गरी ५४ जना अधिकृत सरुवा सिफारिसमा परेका छन्।
यसैगरी न्याय समूह, कानुन समूह र सरकारी वकिल समूहका नौँ उपसचिव स्तरका कर्मचारीको नियुक्ति तथा पदस्थापन गरिएको छ ।
हेर्नुहोस् सूची :



