बाँके । डुडुवा गाउँपालिका-६ बाट एकनाले भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा ३ थानसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५५ वर्षीय कुदुस साई समेत २ जनालाई इलाका प्रहरी कार्यालय हिरमिनियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित बुधवार पक्राउ गरेको हो ।
हाल उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।



