१६ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवकाशअघि सचिव पन्थको सांगीतिक चिनो : ‘निजामती गान’

निजामती सेवाबाट असोज १९ गते अवकाश लिन लागेका सचिव रविलाल पन्थले सेवाप्रतिको सम्मान र प्रशासनिक मूल्य-मान्यतालाई शब्द र संगीतमा समेट्दै आफ्नै पहलमा ‘निजामती गान’ सार्वजनिक गरेका छन्।

अ अ+ अ-

काठमाडौँ । निजामती सेवाबाट अवकाशको संघारमा रहेका नेपाल सरकारका सचिव रविलाल पन्थले सेवाप्रतिको सम्मान र लामो प्रशासनिक अनुभवलाई सिर्जनामा उतार्दै ‘निजामती गान’ सार्वजनिक गरेका छन्।

नेपाली सेना र नेपाल प्रहरीलगायत सुरक्षा निकायका आफ्नै संगठन गान रहे पनि निजामती सेवाका औपचारिक कार्यक्रमका लागि साझा गानको अभाव आफूले महसुस गर्दै आएको पन्थ बताउँछन्। यसअघि निजामती सेवासम्बन्धी यस्तो गान रचना भएको आफूले नसुनेको र जानकारीमा समेत नआएकाले त्यसको सुरुवात गर्ने प्रयास स्वरूप गीत तयार गरेको उनको भनाइ छ।

‘निजामती सेवाले मलाई नाम दियो, पहिचान दियो र लामो समयसम्म राष्ट्र सेवा गर्ने अवसर दियो,’ पन्थ भन्छन्, ‘त्यसैले आफू बिदा हुँदै गर्दा यो सेवाका लागि एउटा रचनात्मक चिनो छाडेर जाऊँ भन्ने मनमा लाग्यो।’

गीतमा सुशासन, पारदर्शिता, जबाफदेहिता, न्याय र कार्यसम्पादनलगायत प्रशासनका आधारभूत विषय समेटिएका छन्। प्रशासनिक विषयको मर्म नछुट्ने र शब्दले संगीतको लयसमेत समात्ने गरी गीत तयार गरिएको छ।

गीतमा वरिष्ठ संगीतकार न्हुच्छे महर्जनले संगीत दिएका छन् भने न्हुच्छे महर्जन, कृष्ण खनाल, हरिशंकर चौधरी र रत्न शोभा महर्जनले स्वर दिएका छन्। रेडियो नेपालमा रेकर्ड गरिएको गीत पन्थको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गुल्मीमा जन्मिएका पन्थ २०५७ साल असार १ गते शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए। विभिन्न जिम्मेवारी सम्हाल्दै विशिष्ट श्रेणी अर्थात् सचिवसम्म पुगेका उनी यही असोज १९ गतेदेखि सेवा निवृत्त हुँदैछन्।

लामो निजामती यात्राबाट बिदा हुनुअघि सार्वजनिक गरिएको ‘निजामती गान’लाई पन्थले आफूलाई नाम, पहिचान र राष्ट्र सेवाको अवसर दिएको सेवाप्रतिको रचनात्मक चिनोका रूपमा प्रस्तुत गरेका छन्।

0 Comments