१८ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहमहामन्त्रीको उम्मेदवारी घोषणा गर्दै प्रकाश रसाईलीले भने- ‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाश रसाईली ‘स्नेही’ले पार्टीको १५ औँ महाधिवेशनमा पुनः सहमहामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । 

काँग्रेसको विशेष महाधिवेशनबाट दलित समावेशीतर्फ सहमहामन्त्री बनेका रसाईले पुनः सोही पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । 

उनले दलित समावेशीतर्फ सहमहामन्त्री पदमा पुनः उम्मेदवारी दिने बताए । काँग्रेस सभापति गगन थापाको नेतृत्वमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको उनको भनाई छ । सभापति थापाको नेतृत्वमा काँग्रेसलाई बलियो जनमतसहितको पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य रहेको उनले बताए । पार्टीको १५ औँ महाधिवेशन काँग्रेसको आन्तरिक जीवनसँगै राष्ट्रिय राजनीतिमा देखिएका चुनौती सामना गर्ने महत्त्वपूर्ण अवसर बन्ने उनले बताए। महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिन र मुलुकलाई नयाँ दिशामा अघि बढाउन कोशेढुंगा सावित हुने उनको भनाइ छ । मुलुकमा देखिएको चुनौती र नागरिकमा बढेको निराशालाई अन्त्य गर्दै बलियो काँग्रेसमार्फत देशको समृद्धिको यात्रा अघि बढाउन महाधिवेशनले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए। 

उनले वीपी कोइरालाको नेतृत्वकालमा काँग्रेसले सबै जातजाति, वर्ग, लिङ्ग, धर्म र समुदायको प्रतिनिधित्व हुने गरी समावेशी राजनीतिक चरित्र निर्माण गरेको उल्लेख गरे ।  वर्तमान नेतृत्वले पनि नेपालको विविधता प्रतिबिम्बित हुनेगरी पार्टीको विधान र संरचना निर्माण गरेको उनको दाबी छ ।

उनले भने, ‘नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशन ऐतिहासिक महाधिवेशन मात्र होइन, यो महाधिवेशनले नेपाली काँग्रेस पार्टीको को आन्तरिक जीवन मात्र होइन, राष्ट्रिय राजनीतिमा एउटा मुलुकमाथि परेका चुनौती र नेपाली काँग्रेस पार्टीमा आइ परेका चुनौतीहरूको सामना गर्न र मुलुक र नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन दिनका निम्ति यसले कोशेढुङ्गा सावित हुने मैले विश्वास लिएको छु । नेपाली काँग्रेस पार्टीको १५ औँ महाधिवेशन समुन्नत समुन्नत नेपाल र सम्मानित नेपालीको श्रद्धेय सभापतिले बोक्नुभएको जो नारा छ र नेपाली काँग्रेस पार्टीलाई नयाँ जीवन दिने र नेपाली काँग्रेस पार्टीलाई परम्पराको सम्मान र नयाँ पुस्ताको आगमन भन्ने जो हाम्रो मूल मर्म छ, त्यो मर्मलाई हामी आत्मसात् गर्दै नेपाली काँग्रेस पार्टीको महाधिवेशन सम्पन्न गर्न गइरहेका छौँ । यस सन्दर्भमा देश विदेशमा रहनुभएका साथीहरूलाई पनि निकै चिन्ता र चासोको विषय हुन सक्छ, कुन पार्टीका कुन पार्टीका नेताहरू कुन पदमा प्रतिस्पर्धा गर्दै छन् भन्ने कुरामा । यो महाधिवेशनमा मैले आफूलाई फेरि पनि दलित समावेशीतर्फ सहमहामन्त्रीको उम्मेदवार हुने जमर्को गरेको छु । हामीले विशेष महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाको नेतृत्वमा हामीले नेपाली काँग्रेस पार्टीलाई जुरुक्क उठाउने गरी काम गरेका थियौ, फेरि पनि नेपाली काँग्रेस पार्टीलाई २०१५ सालको जस्तै बलियो र बलियो जनमत भएको पार्टी बनाउनका निम्ति हामी फेरि १५ औँ महाधिवेशनमा पनि उहाँकै नेतृत्वमा नेपाली काँग्रेस पार्टीलाई अगाडि लिएर मुलुकमाथि भएका चुनौतीहरूको सामना गर्न, आम नागरिकमा छाएको निराशालाईको सामना गर्न, बलियो काँग्रेस र बलियो देश र नेपाली जनताको समृद्धिको यात्रालाई पूरा गर्नका लागि लाग्नेछौँ, यो महाधिवेशनबाट फेरि पनि गगन थापाकै नेतृत्वमा मैले सहमहामन्त्रीको रूपमा आफ्नो उम्मेदवारी तय गरेको छु । जसरी वी.पी. कोइरालाले २०१५ सालमा नेपाली काँग्रेसको केन्द्रिय समितिमा मात्र होइन, वी।पी। कोइरालाले नेपाली काँग्रेस पार्टीको पार्टीको नेतृत्वमा बनेको सरकारमा पनि नेपालका सबै जातजाति, वर्ण, लिङ्ग, धर्म, समुदायको अनुहार देखिने र नेपालको नक्सा देखिने हिमाल, पहाड, तराई सबै जातजातिको पार्टीको अनुहार देखिने, नेपालको नक्सा देखिने समावेशी विधान बनाउनुभएको थियो, नेपाली काँग्रेसका श्रद्धेय सभापति गगनकुमार थापाले अहिलेको हाम्रो विधान पनि सबै जातजाति, वर्ण, लिङ्ग, समुदायको समावेशी नेपालको चरित्र देखिने गरी जो हामीले विधानको निर्माण गरेका छौँ ।’

उनले सभापति थापाको नेतृत्वमा पार्टीलाई अघि बढाउन उपसभापति विश्वप्रकाश शर्मासहित नेतृत्वपंक्तिसँग सहकार्य गर्दै काम गर्ने प्रतिबद्धता व्यक्त गरे। रसाईली पार्टीको १४ औँ महाधिवेशनमा दलित समावेशी तर्फबाट पार्टीको केन्द्रिय सदस्य निर्वाचित भएका थिए । १५ औँ महाधिवेशनमा उनी  बझाङबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् । 

0 Comments