२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महामन्त्रीकी उम्मेदवार डिना भन्छिन् : ‘काँग्रेसभित्र महिलाको अर्थपूर्ण सहभागिता अझै हुन सकेन’

महिला महामन्त्रीमा उम्मेदवारी दिएकी महालक्ष्मी उपाध्याय ‘डिना’ले संविधानमा समावेशी सिद्धान्त स्थापित गर्न भूमिका खेलेको काँग्रेसले आफ्नै संगठनभित्र त्यसको पर्याप्त प्रत्याभूति गराउन नसकेको बताएकी छन्।

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको नेतृत्व तहमा महिलाको अर्थपूर्ण सहभागिता अझै सुनिश्चित हुन नसकेको बताएकी छन्।

काँग्रेसको १५औँ महाधिवेशनमा महिलातर्फ महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यायले पार्टी शुद्धीकरण, संगठन सुधार र नेतृत्व तहमा महिलासहित समावेशी समूहको अर्थपूर्ण प्रतिनिधित्वका लागि आफूले उम्मेदवारी दिएको बताएकी हुन्।

उनले संविधानमा स्वीकार गरिएको समावेशी सिद्धान्तलाई काँग्रेसले आफ्नै संगठनात्मक संरचनामा पर्याप्त रूपमा कार्यान्वयन गर्न नसकेको बताइन्।

“नेपाली काँग्रेस पार्टीको शुद्धीकरण, संगठन शुद्धीकरण र महिलाहरूको नेतृत्व तहमा पुगेर महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि मैले महामन्त्रीमा उम्मेदवारी दिएको हुँ,” उपाध्यायले भनिन्।

‘संविधानमा लेख्यौँ, पार्टीमा प्रत्याभूत गर्न सकेनौँ’
उपाध्यायले संविधान निर्माणका क्रममा महिलाको अधिकार र समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था राखिए पनि पार्टीभित्र त्यसको कार्यान्वयन कमजोर रहेको बताइन्।

“महिलाहरूको अधिकारलाई संरक्षण गर्दै हिजो हामीले संविधानसभामा बसेर लेख्यौँ। तर पार्टीभित्र महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा कार्यान्वयन पक्ष फितलो भएको छ,” उनले भनिन्, “नेपाली काँग्रेसले लिएको सिद्धान्त समावेशीको सिद्धान्त हो। त्यही सिद्धान्तलाई संविधानमा लेख्यौँ, तर पार्टीमा त्यसलाई प्रत्याभूति गराउन सकेनौँ।”

सबै समुदाय, समूह र विचारलाई समेट्ने संगठन निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उनको भनाइ छ।
१४औँ महाधिवेशनबाट महिलातर्फ सहमहामन्त्री निर्वाचित उपाध्यायले एक कार्यकाल सहमहामन्त्री भएर काम गरिसकेकाले महामन्त्रीमा आफ्नो उम्मेदवारी स्वाभाविक रहेको बताएकी छन्।

केन्द्रीय समिति ठूलो बनाइएकोमा उठेको प्रश्नको जवाफ
उपाध्यायले काँग्रेसको पदाधिकारी तथा केन्द्रीय कार्यसमितिको आकार बढाइएको विषयमा पार्टीभित्र प्रश्न उठिरहेको पनि स्वीकार गरेकी छन्।

देशभरबाट केन्द्रीय समितिमा रहेर काम गर्न चाहनेको संख्या र प्रतिनिधित्वको माग बढेकाले संरचना विस्तार गरिएको उनको भनाइ छ।

“अन्य राजनीतिक पार्टीको तुलना गर्ने हो भने हाम्रो संख्या अहिले पनि कम छ,” उनले भनिन्, “केही ठूलो भयो भन्ने जनआवाज छ, पार्टीभित्र पनि आवाज उठेको छ। भोलि यति संख्याले काम गर्दा साँच्चिकै पार्टी बन्दो रहेछ भन्ने प्रत्याभूति गराउन सकियो भने यो विरोधाभास अन्त्य हुन्छ।”

उपाध्यायका अनुसार ठूलो संगठनात्मक संरचनाको औचित्य त्यसले दिने परिणामबाट पुष्टि हुनुपर्नेछ।

काँग्रेसले १५औँ महाधिवेशनबाट पहिलो पटक महिला महामन्त्रीको छुट्टै व्यवस्था गरेको सन्दर्भमा सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी उपाध्यायले महिलाको संख्यात्मक प्रतिनिधित्वभन्दा नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिताको मुद्दालाई आफ्नो उम्मेदवारीको प्रमुख आधार बनाएकी छन्।

0 Comments