२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमाण छ भने पक्राउ गरेर देखाउन सांसद सुनारको चुनौती 

सीआईबीलाई समेत चुनौती दिँदै भने : छानबिनबाट भाग्दिनँ, प्रमाण नभए आरोप र दबाबको राजनीति बन्द गरियोस्

अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफूसँग जोडिएका गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण भए निष्पक्ष छानबिन गरी कानुनी कारबाही गर्न नेपाल प्रहरीलाई चुनौती दिएका छन्।

बुधबार सिंहदरबारमा बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले प्रमाणका आधारमा हुने अनुसन्धान र कारबाही सामना गर्न आफू तयार रहेको बताएका हुन्।

उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई समेत आफूमाथि लागेका विषयमा प्रमाण भए छानबिन गरी सार्वजनिक गर्न चुनौती दिए।

‘मेरो चुनौती सीआईबीलाई पनि छ। यदि मसँग जोडिएका विषयमा कुनै गैरकानुनी काम, आर्थिक अनियमितता वा अपराधको प्रमाण छ भने निष्पक्ष रूपमा छानबिन गरेर सार्वजनिक गरियोस्,’ सुनारले भने, ‘म छानबिनबाट भाग्ने होइन, कानुनी प्रक्रियाको सामना गर्न तयार छु।’

अनुसन्धानका नाममा व्यक्तिलाई धम्क्याउने, निजी नम्बरबाट फोन गरेर बोलाउने वा दबाब दिने काम भएको भए त्यसबारे पनि छानबिन हुनुपर्ने उनको भनाइ छ। प्रहरी अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत हुनुपर्नेमा उनले जोड दिए।

‘प्रमाण छ भने कारबाही गरियोस्, प्रमाण छैन भने आरोप र दबाबको राजनीति बन्द गरियोस्,’ उनले भने।

सुनारले प्रहरी संगठनभित्रैबाट गैरकानुनी काम भएको प्रमाण भेटिए त्यसमा समेत निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने बताए। राज्यका निकायलाई राजनीतिक प्रभावबाट मुक्त राख्नु सबैको जिम्मेवारी भएको उनको भनाइ थियो।

0 Comments