२२ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीमा आयोग, मिति घोषणापछि प्रक्रिया अघि बढ्ने

अ अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका लागि आन्तरिक तयारी गरिरहेको जनाएको छ।

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्ने अधिकार सरकारको भएको उल्लेख गर्दै तोकिएको समयमा निष्पक्ष र विवादरहित निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएका छन्।

निर्वाचन आयोगमा बिहीबार भएको अनौपचारिक कुराकानीका क्रममा कार्कीले आयोग निर्वाचनको तयारीमा निरन्तर सक्रिय रहने संस्था भएकाले आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक आन्तरिक काम भइरहेको स्पष्ट पारेका छन्।

उनले निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले निर्धारण गर्ने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै मिति घोषणा भएपछि सोहीअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने बताए।

आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने गरी सरकारले तयारी गरिरहेको भन्ने चर्चाबारे सोधिएको प्रश्नमा कार्कीले निर्वाचनको मितिबारे अहिले नै आयोगले कुनै निष्कर्ष सार्वजनिक गर्न नसक्ने बताए।

स्थानीय तहलाई लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने आयोगको धारणा रहेको उल्लेख गर्दै उनले त्यसैलाई ध्यानमा राखेर तयारी भइरहेको जानकारी दिए।

आगामी वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुने भएकाले संवैधानिक व्यवस्थाअनुसार कार्यकाल समाप्त हुने समय आसपास निर्वाचन हुने उनको भनाइ छ। स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै पटक गर्ने सम्भावनाबारे पनि आयोगले अहिले नै कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचन सञ्चालन गर्दा संवैधानिक संरचना, विद्यमान कानुनी व्यवस्था र व्यावहारिक आवश्यकतालाई ध्यान दिनुपर्ने बताए। स्थानीय र प्रदेश तहको निर्वाचन एकैसाथ हुने वा अलग-अलग समयमा सञ्चालन गरिने भन्ने विषयमा अहिले नै निश्चित रूपमा भन्न नसकिने उनको भनाइ छ।

सरकारले आयोगसँग परामर्श गरी निर्वाचनको मिति घोषणा गरेपछि सोहीअनुसार आवश्यक व्यवस्थापकीय तथा प्राविधिक तयारी अघि बढाइने उनले स्पष्ट पारेका छन्।

0 Comments