काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसंयोजन समितिको बैठक बोलाएको छ।
पार्टीका अनुसार बैठक शुक्रबार बिहान ११ बजे काठमाडौँस्थित केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्नुका साथै पार्टीले आगामी दिनमा अवलम्बन गर्ने रणनीतिका विषयमा छलफल हुने जनाइएको छ।



