२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सार्वजनिक बसबाट साढे ३२ किलो लागु औषधसहित पाँच भारतीय नागरिक पक्राउ

अ अ+ अ-

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट प्रहरीले ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइनसहित पाँच भारतीय नागरिकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त प्रहरी टोलीले सार्वजनिक यात्रुवाहक बसमा जाँच गर्ने क्रममा तीन जना र थप अनुसन्धानका क्रममा दुई जनालाई पक्राउ गरेको हो।

ब्युरोले शुक्रबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार असोज २३ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित सुरुङमार्गबाट जनकपुर हुँदै काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा तीन भारतीय नागरिक लागु औषधसहित पक्राउ परेका थिए।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेश, समस्तीपुर जिल्ला वडा नम्बर २५ का १९ वर्षीय पुष्पम प्रकाश, सोही स्थानका २५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार रहेका छन्।उनीहरूको साथबाट ३२ किलो ७३० ग्राम लागुऔषध खैरो हेरोइन बरामद भएको ब्युरोले जनाएको छ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले काठमाडौँ महानगरपालिका-२२, सुन्धारास्थित एक होटलबाट थप दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको झारखण्ड राज्यको गढिडीह गाउँपालिका-६ की २३ वर्षीया कृष्टि खड्की र २५ वर्षीया रामकृष्ण खड्की रहेका छन्।

प्रहरीले लागु औषधसँगै १ हजार ११० क्याप्सुल ट्रामाडोल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगदसमेत बरामद गरेको छ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिएका छन्।

प्रहरीले बरामद लागुऔषधको स्रोत, ओसारपसारमा संलग्न अन्य व्यक्ति तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान गरिरहेको विषयमा भने विज्ञप्तिमा विस्तृत विवरण खुलाइएको छैन।

0 Comments