२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो कैद र जरिवाना

अ अ+ अ-

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जना दोषी ठहर भएका छन्।

विशेष अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेमकाजी महर्जन, नगर प्रमुख दीपक विक्रम शाह, इन्जिनियर पारस खाती, सब–इन्जिनियर गणेश राज रेग्मी र जागृति निर्माण सेवाका प्रबन्ध सञ्चालक पुष्कर रोकायालाई दोषी ठहर गर्दै जनही तीन महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो।

नगरपालिकाको प्रशासनिक भवन निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका १४ जनामध्ये पाँच जना दोषी ठहर भएका हुन्। अन्य नौ जनाले भने सफाइ पाएका छन्।

सफाइ पाउनेमा तत्कालीन छैटौँ तहका प्रशासन अधिकृत नरेन्द्र नाथ, निमित्त प्रमुख प्रशासकीय अधिकृत कल्पना कुमारी ठकुल्ला, लेखापाल नवराज जोशी, खरिदार श्यामबहादुर खत्री र शिक्षा अधिकृत जयराज न्यौपाने रहेका छन्।

त्यस्तै, असिस्टेन्ट सब-इन्जिनियर भीमराज गिरी, नायब प्राविधिक सहायक सिद्धराज जैसी, तत्कालीन प्रशासन सहायक बसन्तबहादुर थापा तथा जागृति र एम।के। रनेपाल संयुक्त उपक्रमका काठमाडौँस्थित आधिकारिक प्रतिनिधि सुरतबहादुर शाहले पनि सफाइ पाएका छन्।

विशेष अदालतले भवन निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन जनप्रतिनिधि, कर्मचारी र निर्माण व्यवसायीलाई दोषी ठहर गरेको हो।

0 Comments