२३ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यविधि विपरीत खटाइएका निजी सुरक्षाकर्मी फिर्ता गर्न गृह मन्त्रालयको निर्देशन

निजी सुरक्षा अधिकृतका रूपमा खटाइएका सुरक्षाकर्मीको व्यवस्थापनमा तोकिएको कार्यविधि पालना गर्न र अनधिकृत रूपमा खटिएका सुरक्षाकर्मी तत्काल फिर्ता पठाउन गृह मन्त्रालयले निर्देशन दिएको छ।

अ अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधि विपरीत विभिन्न व्यक्ति तथा निकायको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन दिएको छ।

मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन भनेको हो।

‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ बमोजिम बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीको व्यवस्था स्पष्ट गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि कार्यविधिमा उल्लिखित प्रावधान विपरीत सुरक्षाकर्मी खटाइएको तथा व्यक्तिगत वा घरायसी काममा प्रयोग गरिएको पाइएपछि मन्त्रालयले सुरक्षाकर्मी फिर्ता गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार सम्बन्धित सुरक्षा निकायलाई कार्यविधिमा व्यवस्था भए विपरीत खटाइएका वा राखिएका सबै सुरक्षाकर्मी तत्काल फिर्ता पठाउन २०८३ असोज २२ गते निर्देशन दिइसकिएको छ।

उक्त निर्देशन तथा कार्यविधि विपरीत सुरक्षाकर्मी खटाइएको पाइएमा खटाउने सम्बन्धित अधिकृत वा पदाधिकारीलाई कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको छ।

त्यस्तै, कसैले कानुन विपरीत सुरक्षाको कार्यबाहेक अन्य घरायसी वा व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरेको पाइएमा त्यसबारे गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा जानकारी दिन सर्वसाधारणलाई आग्रह गरिएको छ।

मन्त्रालयले सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले असोज २३ गते उक्त सार्वजनिक सूचना जारी गरेका हुन्।

0 Comments