२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छ’ : उर्जामन्त्री श्रेष्ठ

अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको बताएका छन् । 

उनले सरकारले जल तथा मौसम पूर्वानुमानको क्षमता विस्तार गर्दै तीन दिनअघिसम्मको पूर्वानुमान गर्न सकिने अवस्थाबाट सात दिनअघिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकासमा काम गरिरहेको बताए। 

उनकाअनुसार मौसम पूर्वानुमानसँगै नदीको जलस्तर निरन्तर निगरानी गर्ने प्रणालीलाई समेत थप दिगो बनाउने काम अघि बढाइएको छ । मन्त्री श्रेष्ठले प्रशान्त महासागरमा विकसित भइरहेको ‘सुपर एल निनो’ को सम्भावित प्रभावबारे पनि मन्त्रालयले जिम्मेवारी सम्हालेको शुरुवाती चरणमै अध्ययन गरी त्यसको प्रभावबारे व्याख्या गरिएको बताए ।

जलवायु परिवर्तनसँगै वर्षाको स्वरूपमा समेत परिवर्तन देखिन थालेकाले पूर्वानुमान प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन आवश्यक रहेको बताउँदै  विपद् जोखिम न्यूनीकरणका लागि पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताउनु भयो । उहाँकाअनुसार पूर्वसूचनासँगै स्थानीय तहसम्म जनचेतना अभिवृद्धि, विपद् पूर्वाअभ्यास र सूचना प्राप्त भएपछि अपनाउनुपर्ने प्रक्रियासमेत स्पष्ट हुन आवश्यक छ ।

मन्त्री श्रेष्ठले पछिल्ला बाढी तथा पहिरोका घटनामा नदीको जलस्तर मापन र निगरानीका लागि राखिएका केही उपकरणसमेत बगेकाले आगामी दिनमा थप दिगो प्रविधि प्रयोग गर्नुपर्ने बताए । रसुवा बाढीमा टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा राखिएका संरचना बगाएको उल्लेख गर्दै उनले जोखिमयुक्त स्थानमा उपकरण जडान गर्दा त्यसको दिगोपनालाई समेत ध्यान दिनुपर्ने बताए ।

यद्यपि, केही तल्लो तटीय क्षेत्रमा पूर्व सूचना प्रणालीले प्रभावकारी रूपमा काम गरेको उनले बताए। मजुवा बस्ती, भरतपुर र सुस्तालगायतका क्षेत्रमा पूर्वसूचनाले सम्भावित जोखिमबारे समयमै जानकारी गराउन सहयोग पुगेको उनको भनाइ छ ।

श्रेष्ठकाअनुसार जापानमा भूकम्पलगायत विपद्का लागि नियमित पूर्वअभ्यास गरिएझैँ नेपालमा पनि स्थानीय तहसम्म विपद् पूर्वअभ्यासको संस्कार विकास गर्नुपछ। २०७२ सालको भूकम्प, मेलम्चीलगायतका बाढी तथा पछिल्ला वर्षहरूमा देखिएका असामान्य वर्षाका घटनाले विपद्पूर्व तयारीलाई नियमित अभ्यासका रूपमा अघि बढाउनुपर्ने देखाएको उनले बताए। 

उनले भने–‘हाम्रो मन्त्रालयमा जल तथा मौसम पूर्वानुमानको जिम्मेवारी हुँदा हामीलाई सुरुमै के थाहा थियो भने हाम्रो पूर्वानुमान प्रविधि तीन दिन अगाडिसम्मको मात्रै थियो । यसपटक भने हामीले सात दिन अगाडिसम्मको पूर्वानुमान गर्न सक्ने प्रणाली विकास गरेका छौँ । हामीले जिम्मेवारी सम्हालेकै बेला प्रशान्त महासागरमा ‘सुपर एल निनो’ भन्ने अर्को एउटा प्रकोप विकसित हुँदै थियो । त्यसका सम्भावित प्रभावहरू के हुन्छन् भन्ने विषयमा जिम्मेवारी सम्हालेको १५ दिनभित्रै हामीले व्याख्या गरिसकेका थियौँ । अर्को, प्रविधिको कुरा गर्दा अब हामीले मौसम पूर्वानुमानसँगसँगै नदीहरूको सतह पनि नियमित रूपमा अनुगमन गर्नुपर्ने आवश्यकता छ । अघिल्लो पटकको बाढीले हाम्रो नदी सतह अनुगमन गर्ने प्रविधि नै बगाएर लग्यो । त्यसपछि अब कुन–कुन ठाउँमा कस्तो प्रविधि राख्ने र त्यसलाई कसरी अझ दिगो बनाउने भन्ने विषयमा पनि सोच्नुपर्ने भएको छ । टिमुरेको प्रविधि बगायो, अर्को ठाउँको बगायो, बेत्रावतीको पनि बगायो । तर यति हुँदाहुँदै पनि तल्लो तटीय क्षेत्रमा पूर्वसूचनाले केही हदसम्म काम गरेको थियो । मजुवा बस्ती र भरतपुरमा बाढी पस्न खोजेको थियो भने सुस्तामा पनि केही समस्या देखिएको थियो । त्यसैले मलाई लाग्छ, प्रणालीको विकाससँगसँगै जनचेतना अभिवृद्धि र विपद्को पूर्वअभ्यास गर्ने अभ्यास पनि हामीले विकास गर्नुपर्छ ।’

उनकाअनुसार पूर्व सूचना प्रणाली, जनचेतना, पूर्वअभ्यास र स्थानीय तहबीचको समन्वयलाई एकीकृत रूपमा अघि बढाउनसके विपद्बाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सकिन्छ ।

0 Comments