२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. खत्रीद्वारा शपथ ग्रहण

अ अ+ अ-

कर्णाली । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. भीमबहादुर खत्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । यही असोज २३ गते नियुक्त भएका उपाध्यक्ष डा. खत्रीलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

विसं २०१४ फागुन ३ गते तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु निवासी बुवा पूर्णप्रसाद र आमा ललिता न्यौपानेबाट जन्मिएका डा. खत्री सरकारका सेवा निवृत्त वरिष्ठ वैज्ञानिक हुन् । विसं २०४१ मा रौतहटबाट सहायक कृषि विकास अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका उनले विसं २०४२ देखि २०४३ सम्म बाली रोग विज्ञान महाशाखा खुमलटारमा काम गरेका थिए । तत्पश्चात् डा. खत्रीले नेपाल सरकारद्वारा सञ्चालित स्वीस विकास सहयोग नेपाल परियोजनामा सात वर्ष विषय विज्ञको पदमा काम गरे ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को नीतिगत तहमा रहेर नीति निर्माण, अनुसन्धान, योजना तर्जुमा र कार्यान्वयनमा विशिष्ट भूमिका निर्वाह गरेका उनले त्रिभुवन विश्वविद्यालयमा बागवानी विषयको प्राध्यापन तथा विद्यावारिधि तहका शोधार्थीको प्राज्ञिक निर्देशकका रूपमा क्रियाशील छन् । उनसँग नेपाल कृषि अनुसन्धान परिषद्मा रहँदा देशभर रहेका ६१ वटा अनुसन्धान केन्द्रका समग्र अनुसन्धान तथा प्रशासनिक आयोजनाको योजना तर्जुमा, समन्वय र अनुगमनका क्षेत्रमा केन्द्रीय नेतृत्व गरेको अनुभव पनि छ ।

त्यसैगरी, सन् १९९५ देखि २०१६ सम्म राष्ट्रिय आलु अनुसन्धान कार्यक्रमको वरिष्ठ वैज्ञानिकका रूपमा करिब २१ वर्ष आलुको जात सुधार, मूल बीउ उत्पादन, वास्तविक आलुको बीउ (टिटिपिएस) प्रविधि प्रवर्द्धन, अन्तर्राष्ट्रिय आलु केन्द्रलगायत विभिन्न विश्व स्तरीय संस्थासँगको सहकार्यमा अनुसन्धान परियोजनाको सञ्चालन तथा किसान उपयोगी प्रविधि विकासमा डा. खत्रीको महत्त्वपूर्ण योगदान छ ।

उनले विसं २०३१ मा जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयबाट एसएलसी र २०३४ सालमा बाँकेको नेपालगञ्ज क्याम्पसबाट कृषि विज्ञानमा प्रवीणता प्रमाण पत्र तह (आइएस्सीएजी) उत्तीर्ण गरेका थिए । फिलिपिन्सबाट सन् २००५ मा कृषि विज्ञानमा स्नातकोत्तर (एमएस्सी) र त्रिभुवन विश्वविद्यालयअन्तर्गत रामपुर क्याम्पस चितवनबाट कृषि विज्ञानमा स्नातक (बिएस्सीएजी) उत्तीर्ण गरेका थिए । सन् २००९ मा अष्ट्रेलियाको तासमानिया विश्वविद्यालयबाट कृषि विज्ञानमा विद्यावारिधि हासिल गरेका थिए । 

0 Comments