२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाका लागि प्रस्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजना: ‘कूटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’

अ अ+ अ-

काठमाडौँ । दक्षिण कोरियाका लागि नेपालका प्रस्तावित राजदुत प्रा. डा. संगम श्रेष्ठले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई केवल औपचारिकतामा मात्र सीमित नराखी नेपालको आर्थिक समृद्धि र नागरिक सुरक्षाको आधार स्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 

मङ्गलवार संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो चार वर्षे कार्य योजना प्रस्तुत गर्दै उनले प्रविधि हस्तान्तरण, हरित विकास, व्यापार घाटा न्यूनीकरण र प्रवासी नेपालीहरूको हित रक्षालाई आफ्नो मुख्य कार्यभारका रूपमा अघि सारेका हुन् । डा. श्रेष्ठले नेपालको संविधान र परराष्ट्र नीतिद्वारा निर्देशित रहेर कोरियासँगको ५० वर्षे सम्बन्धलाई पुनर्गठन गर्ने योजना अघि सारे। कोरियामा कार्यरत ९१ हजारभन्दा बढी नेपालीहरूको मर्यादा, सुरक्षा र हकहितको संरक्षणलाई उनले आफ्नो पहिलो र सर्वोच्च प्राथमिकतामा राखे । उनले आपत्कालीन सहायताका लागि २४सै घण्टा सञ्चालन हुने ‘एकीकृत मुद्दा व्यवस्थापन प्रणाली’ स्थापना गर्ने र सोल बाहिर घुम्ती शिविरमार्फत सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाए।

आर्थिक कूटनीतिका सन्दर्भमा उनले नेपाल र कोरियाबीचको बढ्दो व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्दै निर्यात प्रवर्द्धन र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन जोड दिए । कोरियाको प्रविधि र नेपालको सम्भावनालाई जोड्न स्वच्छ ऊर्जा, कृषि प्रशोधन, पर्यटन र विद्युतीय यातायातमा लगानीयोग्य परियोजनाहरू तयार गरिने उनको भनाइ छ । उनले कोरियालाई श्रम गन्तव्य मात्र नभई नेपालको औद्योगिक रूपान्तरण र प्रविधि हस्तान्तरणको रणनीतिक साझेदारका रूपमा विकास गर्ने योजना सार्वजनिक गरे । 

आफ्नो प्राज्ञिक र संस्थागत अनुभवलाई आधार मान्दै डा. श्रेष्ठले कोरियाली वैज्ञानिक तथा प्राविधिक सञ्जालसँगको दशकौँ पुरानो सम्बन्धलाई दुई देशबीचको नीतिगत र प्राविधिक सहकार्यमा उपयोग गर्ने बताए । उनले संसदीय सुनुवाइ समितिमा प्रस्तुत गरेको कार्य योजनामा नागरिक सेवा, संसदीय संवाद, आर्थिक कूटनीति, डिजिटल रूपान्तरण र जलवायु उत्थानशीलतासहितका सात वटा रणनीतिक स्तम्भहरू समेटिएका छन् । 

राजदूतको कार्यकाल सकिएपछि पनि नेपाल–कोरियाबीचको सहकार्य निरन्तर रहोस् भन्ने उद्देश्यले संस्थागत अभिलेख र अनुगमन प्रणाली स्थापना गर्ने उनको योजना छ । समितिसमक्ष उनले आफ्नो अनुभव, कोरियासँगको सञ्जाल र स्पष्ट मार्गचित्रसहितको कार्य योजना प्रस्तुत गर्दै नियुक्त भएपश्चात् नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे । 

0 Comments