२७ आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रसुवा बाढी प्रभावित ९९ प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भइसक्यो’: ऊर्जा मन्त्रालय

अ अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा करिव ९९ प्रतिशत स्थानमा विद्युत् सेवा सुचारु भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मंगलवार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यले यस्तो जानकारी दिएका हुन् । उनकाअनुसार अब रसुवाका करिब ८० घरधुरीमा मात्र विद्युत् जडान हुन बाँकी रहेको छ । उनले उक्त क्षेत्रमा विद्युत् जडान गर्न प्रसारण लाइनसमेत निर्माण गर्नुपर्ने भएकाले तत्काल विद्युत् सेवा सुचारु गर्न कठिन भएको बताए ।

उक्त क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जाको व्यवस्था गरिएको सचिव कर्माचार्यले बताए । उनले बाढीले क्षतिग्रस्त भएका जलविद्युत आयोजनाको पुन:निर्माणका कार्य योजना निर्माणको काम भइरहेको समेत बताए । उनले बाढीले निजी तथा सरकारी क्षेत्रबाट सञ्चालित  दर्जन बढी जलविद्युत आयोजनामा ठूलो क्षति भएको विवरण समेत समितिसमक्ष पेस गरे ।

उनले भने, ‘बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा करिव ९९ प्रतिशत क्षेत्रमा विद्युत् सुचारु भइसकेको छ । अहिले रसुवाको करिव ८० घरधुरीमा मात्र विद्युत् जडानको कार्य बाँकी छ । त्यहाँ नजिकै ट्रान्समिसन लाइनहरू समेत बनाउनुपर्ने भएको कारण हामीले तत्काल सम्भव नदेखेको हो । त्यो क्षेत्रको लागि हामीले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट सोलारको माध्यमबाट व्यवस्था गरेका छौँ । विद्युत् आयोजनाको सुरुङमा हाम्रो ९ सय ९० जनाभन्दा बढी बेपत्ता भएका छन् । राज्यले अथक प्रयास गर्दा पनि जम्मा ३ जनाको मात्रै उद्धार गर्न सक्यो । बाँकी कोही पनि भेटिने सम्भावना पनि कम हुँदै गएको छ । अब हामीले ऊर्जा क्षेत्रको पुन:संरचना निर्माणको लागि एउटा कार्य योजना नै बनाउनुपर्नेछ ।’

उनले अगामी दिनमा नदी करिडोरका आयोजना जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिए । 

0 Comments