२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रस्तावित राजदुत डा. झाको योग्यता र कार्यक्षमतामाथि सत्तारुढ सांसदको प्रश्नै प्रश्न

अ अ+ अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मधुकुमार चौलागाईंले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदुत डा. मञ्चलाकुमारी झाको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।

संसदीय सुनुवाइका क्रममा चौलागाईंले उनको कूटनीतिक अनुभव विगतको कार्यसम्पादन र प्रस्तावित नियुक्तिमाथि प्रश्न उठाएका हुन् । सांसद चौलागाईंले डा. झाको प्राज्ञिक पृष्ठभूमि र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यकाललाई लिएर असन्तुष्टि व्यक्त गर्दै कूटनीतिक क्षमतामाथि प्रश्न खडा गरे । 

सांसद चौलागाईंले प्रस्तावित राजदुत झाको बुद्ध सर्किट र नेपाल–श्रीलंकाबीचको कूटनीतिक सम्बन्ध विस्तारको योजनाबारे स्पष्ट जवाफ माग गरे । उनले डा. झाको कार्यक्षेत्र मिथिला संस्कृतिमा मात्रै सीमित रहेको भन्दै समग्र बुद्ध कला र नेपालका अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रहरूलाई समेट्न नसकेको आरोप लगाए । सांसद चौलागाईंले कूटनीतिक अनुभवको अभावलाई मुख्य चुनौतीका रूपमा औंल्याउँदै भारत र चीनको प्रभाव रहेको श्रीलंका जस्तो संवेदनशील मुलुकमा उनले कसरी राष्ट्रिय हित रक्षा गर्न सक्छिन् भनी जिज्ञासा राखे । उनले राजदुत नियुक्तिसम्बन्धी निर्देशिकाको मापदण्ड र समावेशिताको नाममा गरिएका नियुक्तिको औचित्यमाथि समेत प्रश्न गरे । 

यसका साथै, सन् २०१५ देखि २०१९ सम्म सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहँदा उनले द्वन्द्वपीडितहरूलाई न्याय दिन नसकेको र मुद्दाहरू अलपत्र पारेको भन्दै सांसद चौलागाईंले उनको कार्यसम्पादनमाथि टिप्पणी गरे । उनले भने, ‘विगतमा द्वन्द्व व्यवस्थापनमा असफल देखिएको व्यक्तिले संवेदनशील संवैधानिक वा कूटनीतिक निकायमा कसरी अपेक्षित परिणाम दिन सक्छ ?’ 

सार्क र बिमस्टेकको मञ्च प्रयोग गरेर क्षेत्रीय हित प्रवर्द्धन गर्ने तथा लुम्बिनी–श्रीलंकाबीचको धार्मिक पर्यटन र हवाई उडानलाई अगाडि बढाउने ठोस कार्य योजना पेस गर्न सांसद चौलागाईंले डा. झालाई चुनौती दिए । 

0 Comments