३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानको खैबर पख्तुनख्वामा विद्यालयको छत खस्दा ३३ विद्यार्थीको मृत्यु

अ अ+ अ-

काठमाडौँ । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा बिहीबार एक विद्यालयको छत भत्किँदा ३३ जनाको मृत्यु भएको छ । 

पेशावरस्थित लेडी रिडिङ अस्पतालकाअनुसार दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश बालबालिका रहेका छन् । पेशावरको दिर कोलोनीस्थित दुई तले विद्यालय भवनको छत भारी वर्षाका कारण भत्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय उद्धार सेवा ‘रेस्क्यू ११२२’ का प्रवक्ता बिलाल अहमद फैजीकाअनुसार विद्यालयको छत खस्दा भवनभित्र रहेका विद्यार्थीहरू पुरिएका थिए । अस्पताल प्रशासनका अनुसार ५३ जना घाइतेलाई उपचारका लागि ल्याइएकामा ३३ जनाको अस्पताल पुर्‍याउँदा वा उपचारका क्रममा मृत्यु भइसकेको थियो ।

अस्पतालको तथ्यांकअनुसार मृतक र घाइतेहरूमा चारदेखि १४ वर्षसम्मका बालबालिका र एक २५ वर्षीया महिला रहेका छन् । १७ जना घाइतेलाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने तीन जनाको अझै अस्पतालमा उपचार भइरहेको छ । घटनापछि सो क्षेत्रमा शोकको माहोल छाएको छ भने स्थानीय प्रशासनले उद्धार कार्यलाई तीव्र बनाएको थियो ।

घटनाप्रति पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 

उनले घाइतेहरूको उपचारमा कुनै कसर बाँकी नराख्न र देशभरका शिक्षण संस्थाहरूको भवन सुरक्षा मापदण्डबारे व्यापक छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । 

यसैगरी प्रधानमन्त्री शहबाज सरिफले तत्काल राहत र उद्धारका लागि पहल गर्न र पीडितहरूलाई आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउन सरकारी संयन्त्रलाई आदेश दिएका छन् । खैबर पख्तुनख्वाका गभर्नर फैसल करिम कुन्डीले घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न निर्देशन दिएका छन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ । 

0 Comments