३० आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनी बजार उच्च जोखिममा, सदरमुकाम सार्न मन्त्री पुनको प्रस्ताव

अ अ+ अ-

म्याग्दी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बाढी पहिरो र नदी कटानको उच्च जोखिममा रहेको म्याग्दीको सदरमुकाम बेनी बजारबाट सुरक्षित स्थानमा सार्न प्रस्ताव गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री पुनले जोखिमयुक्त क्षेत्रको संरक्षण मात्रै पर्याप्त नहुने भन्दै सदरमुकाम स्थानान्तरणको विकल्पमा छलफल गर्नुपर्ने बताएका हुन् । उनले भने, “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्‍यो । संरक्षण गर्ने कि सार्ने, त्यो छलफल गरौँ ।”

असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि कालीगण्डकीमा आएको बाढीले बेनी नगरपालिका–८, गणेश टोलको पक्की तटबन्ध भत्काएको छ भने कुनातर्फको भिरालो जमिन चर्किएर पहिरो खस्न थालेको छ । नगरप्रमुख सुरत केसीले सदरमुकामको बस्ती तथा संरचना जोगाउन संघीय र प्रदेश सरकारसँग बजेट माग गरेका छन् ।

मन्त्री पुनले विपद् प्रभावित स्थानीय तहलाई जोखिमका आधारमा वर्गीकरण गरी २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय भएको जानकारी दिए । उनले पुनर्निर्माण र पुन:स्थापनामा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए ।

छलफलमा प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले बर्खाअघि नै जोखिम न्यूनीकरणका काम सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले पुनर्निर्माण र पुन:स्थापनाका लागि बजेट प्रमुख चुनौती रहेको बताए ।

0 Comments