काठमाडौँ। जुम्लाको पातारासी गाउँपालिका–१ स्थित वडा कार्यालय नजिकै विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक पुरुषलाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ।
असोज २८ गते करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचार गरिएको थियो। प्रतिष्ठानमा उपचारपश्चात् थप उपचार आवश्यक भएपछि आज नेपाली सेनाको हवाई साधनमार्फत नेपालगन्ज लगिएको हो।




