१ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

अ अ+ अ-

दमौली । आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको व्यवस्था तथा भवन निर्माणलाई प्राथमिकता दिँदै पूर्वाधार विकासका काम अघि बढाएको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षदेखि सडक ढलान, कालोपत्र, नयाँ सडकको ट्राफिक निर्माण तथा खानेपानी पाइपलाइन विस्तारलगायत कामलाई पहिलो प्राथमिकतामा राखेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकासचन्द्र शर्माका अनुसार उक्त अवधिमा चार हजार ९१८ मिटर सडक ढलान, एक हजार २६४ मिटर सडक कालोपत्र र ८८१ मिटर नाली निर्माण भएको छ । यसैगरी तीन हजार ५५४ मिटर नयाँ सडकको ट्र्याक खोलिएको छ ।

खानेपानी तर्फ आठ हजार ५०० मिटर नयाँ पाइपलाइन विस्तार गर्नुका साथै चार वटा सार्वजनिक धारा निर्माण गरिएको शर्माले जानकारी दिएका छन् । गाउँपालिकाले एक हजार ६०० मिटर सडक मर्मत तथा सम्भार गरेको छ ।

सेवा प्रवाहका लागि आवश्यक भौतिक संरचना निर्माण तथा मर्मतलाई पनि गाउँपालिकाले प्राथमिकता दिएको छ । यस अवधिमा दुई वटा नयाँ भवन निर्माण र सात वटा भवन मर्मत गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

पाँच ठूला आयोजना प्राथमिकतामा

गाउँपालिकाले ग्रामीण बस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्ने उद्देश्यले पाँच वटा ठूला पूर्वाधार आयोजनालाई प्राथमिकता दिएको छ । लाब्दी बुद्धसिंह राजमार्ग जोड्ने सडक आयोजनाअन्तर्गत एक हजार ८०८ मिटर सडक निर्माण गरिएको छ । खानीखोला–रिङरोड आयोजना अन्तर्गत एक हजार ३३६ मिटर सडक पनि बनेको छ ।

यसैगरी लाब्दी–छिम्केश्वरी सडक स्तरोन्नति आयोजनाअन्तर्गत १५८ मिटर, कुसुमबारी–पौवा खोला गाउँ सडक ढलान आयोजनाको ५६० मिटर र भुजेल गाउँ पूर्वाधार निर्माण योजनाको ४१४ मिटर सडक निर्माण भएको छ ।

0 Comments