२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडादसैँको रौनक गाउँघरतर्फ सोझिएसँगै काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न

अ अ+ अ-

काठमाडौँ । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन लाखौँ सर्वसाधारण थातथलो फर्केसँगै संघीय राजधानी काठमाडौं उपत्यका प्राय: सुनसान बनेको छ । 

सधैँ जसो तिब्र सवारी चाप र पैदल यात्रुको भीडभाडले भरिभराउ हुने उपत्यकाका मुख्य सडक, व्यापारिक केन्द्र र सार्वजनिक स्थलहरू यतिबेला चकमन्न देखिएका छन् । 

विजयादशमी नजिकिएसँगै काठमाडौं उपत्यकामा अध्ययन, रोजगारी तथा विभिन्न पेशा–व्यवसायका सिलसिलामा बसोबास गर्दै आएका नागरिकहरू पर्व मनाउन आ–आफ्नो जन्मथलो फर्किएका हुन् । दशैँको घटस्थापनादेखि नै उपत्यकाका मुख्य नाकाहरू थानकोट, जगाती, दक्षिणकाली र टोखा हुँदै लामो तथा छोटो दूरीका सवारीसाधनमार्फत यात्रुहरू बाहिरिने क्रम तिब्र बनेको थियो । सधैँ ट्राफिक जामको सास्ती खेप्नुपर्ने नयाँ बानेश्वर, कोटेश्वर, माईतीघर, चाबहिल, रत्नपार्क तथा कलंकीलगायतका व्यस्त चोकहरूमा सवारी आवागमन नगण्य बनेको छ । 

सडकमा फाट्टफुट्ट निजी तथा सार्वजनिक यातायातका साधन मात्रै गुडिरहेका छन् भने दैनिक खुल्ने अधिकांश पसल, व्यवसाय र सरकारी तथा गैरसरकारी कार्यालयहरू सार्वजनिक बिदाका कारण बन्द छन् । सडकमा सवारी चाप उल्लेख्य रूपमा घटेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापन सहज देखिएको छ । यद्यपि सर्वसाधारण गाउँ गएपछि रित्ता बनेका घर तथा बस्तीहरूमा हुनसक्ने चोरी, लुटपाट र आपराधिक घटना नियन्त्रणका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागू गरेको छ । 

उपत्यकाका विभिन्न संवेदनशील क्षेत्र तथा आवासीय बस्तीहरूमा चौबीसै घण्टा सुरक्षा गस्ती र निगरानी बढाइएको छ । दशैँको मुख्य दिन टीका तथा त्यसपछिका केही दिनसम्म उपत्यकाको चहलपहल न्यून नै रहने र कोजाग्रत पूर्णिमापछि मात्रै सर्वसाधारण पुनः राजधानी फर्किन थाल्ने भएकाले आगामी केही दिनसम्म उपत्यकाको वातावरण यस्तै शान्त रहने अनुमान गरिएको छ ।

0 Comments