२ कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चाडपर्वमा काठमाडौँ उपत्यकामा रगत अभाव छैनः रक्तसञ्चार सेवा केन्द्र

अ अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रले चाडपर्वको समयमा आकस्मिक दुर्घटनाका घाइते, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीका लागि रगतको अभाव नरहेको बताएको छ । 

सोमवार केन्द्रका प्रतिनिधि सञ्जीव यादवले हाल केन्द्रसँग रगतको अभाव नरहेको दाबी गरेका हुन् । उनले चाडपर्वको समयमा रगतको माग बढ्न सक्ने अवस्थालाई ध्यानमा राखेर यसअघि नै रक्तदान शिविर सञ्चालन गरी रगत संकलन गरिएको बताए । यद्यपि नेगेटिभ समूहको रगतको माग आएमा व्यवस्थापनमा कठिनाइ हुने उनले बताए । केन्द्रले नेगेटिभ समूहको रगत संकलन गरेर नराख्ने भएको कारण तत्काल उपलब्ध गराउन सकस पर्ने उनको भनाइ छ । 

यादवका अनुसार दशैँका समयमा नियमित स्वास्थ्य सेवा प्रभावित हुन सक्ने भए पनि आकस्मिक उपचारका लागि आवश्यक पर्ने रगतको व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ । चाडपर्वमा सडक दुर्घटना, प्रसूति सेवा तथा नियमित डायलासिस गराइरहेका बिरामीलाई रगतको अत्यधिक आवश्यकता पर्ने भएकाले त्यस्ता अवस्थालाई सम्बोधन गर्न केन्द्रले पर्याप्त रगत सञ्चित गरेर राखेको उनले बताए । 

सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राख्दै रगतको मौज्दात व्यवस्थापन गर्नुका साथै आवश्यक परेमा तत्काल ताजा रगत उपलब्ध गराउन सक्ने गरी थप रक्तदातासँग समेत समन्वय गरिएको उनको भनाइ छ । उनले आकस्मिक अवस्थामा रगतको माग बढेमा त्यसलाई सम्बोधन गर्न नियमित रक्तदातासँग सम्पर्क र समन्वय गरिएको पनि बताए । उनले रगतको उपलब्धता अझै सहज बनाउन रक्तदान गर्न समेत आम नागरिकलाई अनुरोध गरे । उनले चाडपर्वको समयमा सेवा प्रवाह प्रभावित नहोस् भनेर आवश्यक पर्ने जनशक्तिको संख्याका आधारमा नियमित रोस्टर तयार गरी काम भइरहेको समेत बताए । 

उनले भने, ‘रगतको उपलब्धता आजको मितिमा हामीसँग सहज रहेको छ । चाडपर्वहरू र यसभन्दा पहिले रसुवाको भोटेकोशीलगायत नदीमा ठूलो बाढी समेत गएको भएर यो समयमा रगतको अभाव नहोस् भनेर हामीले निरन्तर क्याम्पहरू चलायौँ । त्यो क्याम्पबाट संकलित रगत हामीले बडादशैंमा केही अप्ठ्यारो नहोस् भनेर हामीले राखेका छौँ । यो बेलामा हुन सक्ने आकस्मिकता रोड एक्सिडेन्ट, डेलिभरी र नियमित डायलिसिसमा रहेको बिरामीहरू रगतको अत्याधिक आवश्यकता हुन्छ । धेरै सेवाहरू बन्द हुने भए पनि एकदमै इमर्जेन्सी सेवाको लागि हामीसँग रगत छ ।’

हाल रगतको अभाव नरहे पनि आकस्मिक आवश्यकता जुनसुकै समयमा उत्पन्न हुनसक्ने भएकाले रक्तदान अभियानलाई निरन्तरता दिइएको उनको भनाइ छ ।

0 Comments