काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिंकले सात फ्रेन्चाइज टोलीको लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ ।
कम्पनीले एनपीएलमा सहभागी सात टोलीसँग गरेको प्रायोजन साझेदारीअन्तर्गत सम्बन्धित टोलीको पहिचान झल्किने गरी छुट्टाछुट्टै डिजाइनका क्यान सार्वजनिक गरेको हो ।
एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको जनाएको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो राख्ने गरी प्रायोजन सम्झौता गरिएको छ ।
साझेदारीमा रहेका सातवटै टोलीको लोगो समेटिएका क्यान बजारमा उपलब्ध गराएर कम्पनीले क्रिकेट समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन व्यक्त गर्ने नयाँ विकल्प दिन खोजेको हो ।
कम्पनीका अनुसार विशेष संस्करणका क्यानले एनपीएलप्रति समर्थकमा रहेको उत्साहलाई खेल मैदानबाहिर पनि विस्तार गर्ने उद्देश्य राखेका छन् । विशेषगरी युवा पुस्ताको क्रिकेटप्रतिको रुचिलाई ध्यानमा राखेर उत्पादनको डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ।
समर्थकले आफ्नो रोजाइको टोलीको लोगो भएको क्यान प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । यसबाट टोलीको पहिचानसँग उपभोक्तालाई जोड्ने र खेलप्रतिको समर्थनलाई दैनिक उपभोग्य वस्तुमार्फत अभिव्यक्त गर्ने अवसर मिल्ने कम्पनीको अपेक्षा छ ।
एनपीएलका सात टोलीको पहिचान समेटिएका एक्स्ट्रीम इनर्जी ड्रिंकका विशेष संस्करणका क्यान नजिकका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।



